नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

कार्तिक ९, काठमाडौँ। नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ ।

सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन बिहिबार ( Octobar,28 ) सर्बिया बक्सर आबासोभ भाखिदसँग खेल्ने भएको छ ।

सनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ५० औ स्वर्ण पदक दिलाउने बक्सर हुनुहुन्छ । विश्व च्याम्पियनसिपमा सनिलसँगै रविन थापा,पुरन राई र भुपेन्द्र थापाले पनि सहभागिता जनाउनुभएको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ अाैँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्व सहित प्रशिक्षहरुमा मुख्य प्रशिक्षक प्रकाश थापामगर र किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी प्रनिर अधिकारी सहितको टोली गएको शुक्रबार प्रस्थान गरेका थिए।

आज अर्का स्वर्ण बिजेता ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र संग नेपाली समय अनुसार आज साँझ  ५: ३० मा फ्रान्सका लोउनेस हम्रावुई संग खेल्ने टोलीका मुख्य कोच प्रकाश थापा मगरले जानकारी दिनु भयो। ‘ बिश्वलाइ नेपाली बक्सर खेलाडीको उत्कृष्टता प्रदशन गर्ने यो एउटा सुवर्ण अवसर हो। हामी संगै रहेका चार जना बक्सरहरु उत्कृष्ट छन् , राम्रो खेल प्रदशन गर्नेमा हामि बिश्वत छौ ’ मुख्य कोच थापा मगरले बताउनु भयो।

Loading...