राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले अर्को ब्यवस्थान हुँदासम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिइएको जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा कार्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको बताइएको छ ।

Loading...