रुबिनाको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपालले आईसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।

प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

हेर्नुहाेस यस्ताे छ राष्ट्रिय महिला क्रिकेट टिम

Loading...