बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भाबना

काठमाडौँ। बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तैयारीमा रहेको तर विश्वासको मत नपाउने निश्चित प्राया भएपछि राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।
गएको बिहीबार मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेकी थिइन् ।
व्यक्तिगत रुपमा मुख्य मन्त्री शाक्य राम्रो व्यक्ति भए पनि प्रतिगमनकारी केपी ओलीको पक्षमा लागेकोले समर्थन गर्न नसक्ने ठहर प्रस्तावमाथिको छलफलमा भाग लिएका माओवादीका नेता शालिकराम जमरकट्टेल, कांग्रेसका इन्द्र बानियाँ र नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको छ ।
गठबन्धनले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गर्दै नेताहरुले मुख्यमन्त्री शाक्यलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको पक्षमा ५९ जना सांसद छन्। विभाजनपछि एमालेसँग ४३ जनामात्रै सांसद छन्।

 

 

Loading...