नेपाली बक्सिङ्ग टोली ‘ आईबा वल्ड बक्सिङ च्याम्पियनसिप ’ मा सहभागीहुन् सर्विया प्रस्थान

खेलभित्रै खेलाडीकाे भविष्य सुनिश्चित गर्न लागिपर्ने : मन्त्री गहतराज

कार्तिक ५,काठमाडौँ।   नेपाली बक्सिङ्ग टोली आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागीहुन् सर्विया प्रस्थान गरेको छ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ अाैँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्व सहित प्रशिक्षहरुमा मुख्य प्रशिक्षक प्रकाश थापामगर र किशोर लिम्बु, अफिसीयल्समा नेपाल बक्सिङ्ग संघका सदस्यहरु मान बहादुर भण्डारी प्रनिर अधिकारी र चार खेलाडी सनिल शाही , पुरन राइ , भुपेन थापा, रबिन थापा सहभागी टोली आज राती १०ः३० बजेको उडान तालिका अनुसार दुवई एरलाईसबाट प्रस्थान लागेको हो।

नेपाल बक्सिङ्ग संघले गठन गरेको छनोट समितीको प्रतिवेदन अनुसार छनोट गरिएको प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविन थापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमा भुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सहभागी मध्ये भुपेन्द्र थापा र सनिल साही १३ अाै दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता हुन् ।

यसै गरि सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले मन्त्रालयमा आयोजित एक कार्येक्रम बीच बिदाई गर्नुभएकाे छ ।
खेलकुद मन्त्री अथकले खेलाडी, प्रशिक्षक र टिम म्यानेजर सहितकाे टाेलीलाई सफल यात्रा र जितकाे शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद मातहत करिव दुई सयकाे हाराहारीमा खेलकुद संघहरु रहेपनि नयाँ खेलाडीहरु ननिस्कनु र खेलकुदमा खेलाडीले आफ्नाे भविष्य देख्ने वातावरण नबन्नुमा दु:ख लागेकाे बताउनु भयाे । ‘ खेलाडीहरु राष्ट्रकाे पहिचान हाे, गहना हाे ’
भन्ने र खेल पश्चात् अर्काे व्यवहार गर्ने कार्य भएकाेले यसलाई राेक्दै खेलभित्रै खेलाडीकाे भविष्य सुनिश्चित गर्न लागिपर्ने बताउनु भयाे । खेलाडीहरुलाई ढुक्क भएर खेल खेल्न र विजयी हुन शुभकामना दिदै तपाईहरुकाे भबिस्य उज्यालो बनाउन आवश्यक नयाँ कार्यक्रम ल्याउनेमा विश्वस्त हुन समेत अनुराेध गर्नुभयाे ।

विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको उक्त बृहत बक्सिङ्ग प्रतियोगिताको प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजत पदकको लागी पचास हजार डलर र काश्य पदक जित्ने दुर्ई जनाको लागी पच्चीस-पच्चिस हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको छ ।

 

Loading...