बक्सिङ्ग स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान

काठमाडौँ। १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडी सहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घ संस्थाहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीले नगद सहित सम्मान गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले बिहिबार पोखरा रङ्गशालामा आयोजना गरेको खुल्ला रक्तदान तथा खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार […]

नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी […]

मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टसबीचको खेल आज

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति बहुप्रतिक्षित दुई टोली युभेन्टस र बार्सिलोनाको खेल हुँदैछ । इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ । पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् । बार्सिलोनाको मैदान क्याप […]

सिरि ए फुटबलमा एसी मिलान विजयी

एजेन्सी । सिरि ए फुटबलमा एसी मिलान विजयी भएको छ । आईतबार राति साम्पोडियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । फ्रेक्स किसीको गोलमा पहिलो हाफमा एसी मिलानले खेलमा अग्रता लिएको थियो । हर्नान्डेजको हेड बलमा साम्पोडियाका जाकुब जाक्टोले ह्यान्ड बल गर्न पुगेपछि मिलान क्लबले पेनाल्टीको अवसर पाएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका […]

एसियन गेमका लागि नेपालसँग सहयोग माग्न कतारी टोली काठमाडौंमा

काठमाडौं । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ। कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो। कतारले सन् २०३० को एसियन खेलकुद […]

ओसासुनामाथि गोल गरेपछि मेस्सीले म्यारोडोनाको पूरानो जर्सी देखाएर दिए श्रद्धाञ्जलि

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जितमा एक गोल गरेका लियोनल मेस्सीले महान खेलाडी म्याराडोनालाई सम्मान प्रकट गरेका छन् । ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । गोलपछि उनले म्यारोडोनाको पूरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई बार्सिलोनाले […]

मेसीबिनै बार्सिलोनाले ४–० ले हरायो डायनाभो किभलाई

काठमाडौं । डायनाभो किभलाई पराजित गर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। कप्तान लियोनल मेस्सीबिनै मैदान उत्रेको बार्सिलोनाले डायनाभो किभलाई ४–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। खेलेका चारै खेलमा जित निकाल्दै १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई तथा सर्जिनो […]

नेशन्स लिगमा आइसल्याण्डमाथि इंग्ल्याण्डको फराकिलो जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे । खेलको २०औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता […]

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् । उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए […]

बङ्गलादेशसँग नेपाल २–० ले पराजित

काठमाण्डौ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको […]