महिला बक्सिङ्ग खेलाडी तामाङ्गको पीसीआर पोजेटिभ भएपछी उजवेकिस्तान जान पाएन


मङ्सिर ५ ,काठमाडौँ।  एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३०– २०२२ सम्म तास्कन्त शहरमा शुरु हुन गैरहेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन छनोट हुन सफल एक मात्र महिला खेलाडी  शुष्मा तामाङ्ग (४८ के.जी.) उडान पूर्व हिजो मंगल बार राती पीसीआर परिक्षणमा कोभिड– १९ पोजेटिभ रिपोर्ट देखिएकोले उनी तास्कन्ट प्रस्थान गर्न नपाएपछि पुनः आज बुधबार बिहान पिसिआर परिक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएपछि उड्न पाएन र जस्को कारण उक्त प्रतियोगितामा नेपालको सहभागीता नहुने भएको छ ।
खेलाडी सुस्माको स्वास्थ नर्मल रहेको र उनीमा कोभिड –१९ को कुनै पनि सिम्टसन् नदेखिएको र अन्तिम मेडिकल टेष्टमा समेत पास भएका थिए । उनी सँगै टिममा सहभागी प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकार भने नेगेटिम आएका थिए ।