पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।

 

नयाँ मुल्य अनुशार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा  मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । यता खाना पकाउने ग्यासको मूल्य भने घाटा भएपनि नबढाइएको निगमले जनाएको छ ।

 

 
 
 
प्रतिक्रिया दिनुहोस्