काठमाडौं, ६ फागुन । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर […]
खेलकुद
राखेपको कार्यकारी अधिकार थापालाई
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार बुधबार प्रदान गरिएको छ । ‘नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७८-१०-२४ को निर्णयानुसार राखेपको सदस्य–सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका […]
ए डिभिजनमा थ्रीस्टार र पुलिसबीचको खेल बराबरी
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो । त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी […]
मरिससमाथि नेपालको लगातार दोस्रो जित
काठमाडौं । अफ्रिकी देश मरिससविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोली मरिससलाई आफ्नो भूमिमा १–० ले हरायो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा दुवै टिमले आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सफल भयो भने मरिसस पेनाल्टीमा चुक्दा […]
कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच
माघ १८,काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच भएका छन् । मंगलबार मोरिसस संग भएको दोस्रो मैत्रीपूर्ण खेलमा किरणले उत्कृष्ट प्रदर्शन गर्दा नेपालि टिम बिजयी भएको छ । नेपालका लागि सुजल श्रेष्ठले १ गोल गर्दै नेपालको जित पक्का भएपछी नेपाली गोल्र रक्षक् किरणले मोरिससका आक्रमणलाई लगातार विफल पारेका थिए […]
मरिससविरुद्ध दोस्रो खेलमा भिडन अलमुताइरीले गरे २ खेलाडी परिवर्तन
काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष […]
विमलको गोलमा मोरिससमाथि नेपालको जित
काठमाडौं । फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औँ मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ […]
‘विश्वकप छनोट भए नेपाललाई ठूलो अवसर प्राप्त हुनेछ’
काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अहिलेको अवस्थामा आईसीसी टी–ट्वान्टी विश्वकपका लागि छनोट हुनु ठूलो कार्य बताएका छन् । जुम मिटिङमार्फत पत्रकारसँगको अन्तरक्रियाको क्रममा दासानायकेले विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुने बताए । ‘हाम्रो लागि अहिलेको अवस्थामा विश्वकपसम्म पुग्नु ठूलो कार्य हो । विश्वकपमा पुग्यो भने यसले नेपाली क्रिकेटलाई […]
नेपाल र मौरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति
काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र […]
क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु
काठकाडौं, ११ माघ । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले […]










