टी–२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक,

 

काठमाडौं, ७ फागुन । आईसीसी ग्लोबल क्वालिफायरमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् ।

ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे ।

भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।

यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् ।

Loading...