कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच

माघ १८,काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ म्यान अफ दी म्याच भएका छन् । मंगलबार मोरिसस संग  भएको दोस्रो मैत्रीपूर्ण खेलमा किरणले उत्कृष्ट प्रदर्शन गर्दा नेपालि टिम बिजयी भएको छ  ।

नेपालका लागि सुजल श्रेष्ठले १ गोल गर्दै नेपालको जित पक्का भएपछी नेपाली गोल्र रक्षक् किरणले मोरिससका आक्रमणलाई लगातार विफल पारेका थिए भने उनले पेनाल्टी पनि उत्कृष्ट सेभ गरेका थिए ।

म्यान अफ द म्याच बनेका किरणले नगद ७५ हजार रुपैयाँ पनि हात पारेका छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद राखेका उपाध्यक्ष शिब कोइराला ‘ज्वाला’ र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद पुरस्कार वापतको चेक हस्तान्तरण गरेका थिए ।  

Loading...