५० अर्ब रुपैयाँ खिच्ने राष्ट्र बैंकको निर्णय

Governor Nepal Rastra Bank

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँको तरलता खिच्ने निर्णय गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप त बढिरहेको छ, तर कर्जा माग अपेक्षाकृत कम भएकाले तरलता जमिन थुप्रिएको हो। राष्ट्र बैंकले २१ दिनका लागि “निक्षेप संकलन उपकरण” मार्फत उक्त रकम संकलन गर्ने तयारी गरेको छ। यस कदमले […]

अम्बानीको कम्पनीमा सिआइबीको छापा, एफआइआर दर्ता

न्यूजकारखाना, नयाँ दिल्ली । सीबीआईले अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) विरुद्ध २ हजार करोड भन्दा बढीको बैंक ठगीको मुद्दा दर्ता गरेको छ।  सीबीआईले अनिल अम्बानीसँग सम्बन्धित कम्पनीको कार्यालय र स्थानहरूमा पनि छापा मारेको थियो। यो ठगी भारतीय स्टेट बैंक (एसबीआई) सँग भएको छ। केन्द्रीय वित्त राज्यमन्त्री पंकज चौधरीले लोकसभामा लिखित जवाफमा एसबीआईले पनि यस […]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबिच […]

युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला […]

डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य

दिर्घ बहादुर शाही, डोल्पा । नेपालको कर्णाली प्रदेशकाे हिमाली जिल्ला डोल्पामा अझै पनि दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्रीसम्मको आश्रय नेपालगन्ज हो । डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण पहाडी बाटो हुँदै डोल्पामा पुग्न संघर्ष गरिरहेका छन् । फोटोमा देखिएझैं, खोलाको छेउमा ट्रकहरू उभिएका छन् । एउटामा सिमेन्ट, अर्कोमा ग्यास सिलिन्डर, अर्कोमा फलामका रड र खाद्यान्न सामग्रीहरू छन् । यी […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]

भक्तपुरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ नपली सिर्जनानगरस्थित सन्तति आधारभूत विद्यालयको प्रांगणमा शुक्रबार भनपा–१ महिला समूहको आयोजनामा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भयो। तालिममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकासका लागि आधारभूत सीपको तालिम सञ्चालन गर्ने मान्यताअनुरूप तालिमबाट सिकेको सीप टोल समुदायको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै, ख्वप […]

कृषकको आम्दानीमा सुधार ल्याएको मन्त्री अधिकारीको दावी

ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]

तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ […]