काठमाडौं । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका हुन् । ५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ […]
अर्थ/वाणिज्य
सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा […]
वीरगञ्जको क्यासिनोमा अर्थमन्त्रीको आँखा
वीरगञ्ज । पर्सा र बारा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको आशंकामा अनुसन्धान गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री रामेश्वर खनालले बारा र पर्सा जिल्लाका विभिन्न होटलहरूमा सञ्चालित क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको गुनासो पछि राजस्व अनुसन्धान विभागलाई लिखित रूपमै अनुसन्धानका लागि निर्देशन दिएका हुन् । अर्थमन्त्रालय स्रोतका अनुसार पर्सा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले सम्पत्ति […]
घट्यो युरोसँगै अमेरिकी, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ
काठमाडौं । आज युरोसँगै अमेरिकी, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा छ । विहीबार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा थियो […]
फेरि २ लाख ६० हजार नाघ्यो सुन, चाँदी पनि हालसम्मकै उच्च
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो […]
तीनदिन देखि शेयर बजारमा उकालो
काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो । बुधबार ३३२ वटा कम्पनीको […]
तीन कम्पनीको बोनस शेयर सूचीकृत, कस्को कति
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । त्यस्तै, […]
तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय […]
सामान्य अंकले बढ्यो नेप्से
काठमाडाैँ । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केहीबेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । आज दिनभरमा ३ अर्ब ४४ करोड १९ […]
तीन वर्षसम्म पनि धितो नबिके बैंकहरूले सम्पत्ति सकार्न पाउने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा […]









