निगमले २ महिनामै पाँचपटक मुल्य बढाए पनि सरकारले देखाएन चासो

काठमाडौं, २० माघ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। यही बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनयताको करिव दुई […]

दोस्रो त्रैमासिकमै बैंकहरुको नाफा ४३ प्रतिशतसम्म बढ्यो

काठमाडौ, १७ माघ । बैकहरुकाे नाफा ४३ प्रतिशतसम्म बढेकाे छ । वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरुले सार्वजनिक गरेकाे विवरणमा याे नाफा देखिएकाे हाे । यस अवधिमा एनएमबी बैंककाे नाफा सबैभन्दा बढी छ । एनएमबी बैंकले दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा खुद मुनाफा ४३ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । […]

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

सुर्खेत, १७ माघ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताए । मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलोपटक परीक्षणका […]

अवैध धनलाई वैधानिक बनाउने अनेकौ प्रयत्न, अर्थविद भन्छन्, अवैध धनलाई प्रोत्साहन नगर

काठमाडौं, १६ माघ । अर्थविदहरुले अवैध धनलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिएका छन् । मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अर्थविद डा. शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘यदि ईलिगल मनीलाई प्रोत्साहन गर्न थालियो भने राजनीतिज्ञहरुले छुट पाउँछन्, ब्युरोक्रेटहरुले छुट पाउँछन्, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि […]

जंगली हात्तीको आक्रान्त झापावासी

भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]

नेपाली अर्थतन्त्रमा ठूलो खतरा, बैङ्कहरुमा कर्जा र निक्षेप अनुपात अन्तिम बिन्दुमा

काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो। ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा […]

सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

nepal-rastra-bank

काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]

भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल […]

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरले सुरु गरे संयुक्त सेवा

काठमाडाैं । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु छन् । यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे […]

सर्वसाधारणको २ करोड ठग्ने म्यानपावर सञ्चालक यसरी भए विना धरौटीमै रिहा

काठमाडौ, १ पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको हो । सञ्चालक घिमिरेले आफ्नै कर्मचारीविरुद्ध भने विभागमा अर्को […]