एउटा अजङ्गकाे घडी यति ठूलाे हाेस् कि बरू घण्टाघर सानाे बनाेस् यति अग्लाे कि धरहराभन्दा थाेरै हाेचाे हाेस् जसलाई टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस् सेकेन्ड र मीनेटका सुईँहरू भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन् सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन डिङडङडिडङ आवाज आइरहाेस् ! मानिसलाई समय मात्र नजनाओस् ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस् […]
साहित्य
प्रकृतिले मुखौटा लगाउँदैन
दिउँसोको उज्यालो! रातिको निलो शान्त, शौम्य, मौनता! जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ, चन्द्रमा चम्किरहन्छ, समय बदलिन्छ, तर नियम एउटै रहन्छ। प्रकृतिले मुखौटा लगाउँदैन, न त आफ्नो रङ्ग फेर्छ! तर यहाँ! मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर; आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ। पूर्णचन्द्रको उज्यालो कसले चोर्ने? त्यो शीतलता, त्यो मौनता, त्यो अविभेद प्रेम! जसरी […]
“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण
भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]
रसरङ्गको साैगात सार्वजनिक
काठमाडौ । अक्षरधाम प्रकाशनको आयोजनामा नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल जडिबुटीको सभाकक्षमा अछामका लेखक कण्ठराज गिरीको रसरङ्गको साैगात पुस्तक शुक्रबार लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले नेपालको इतिहासका विभिन्न कालखण्डमा कर्णाली सभ्यता, लोकसाहित्य, देउडाको सांस्कृतिक जन्ममा न्याउला प्रथाको भूमिका उल्लेख गर्दै, न्याउली चेलीको पीडादायी रोदनमा विभिन्न रस, अलंकार, बिम्ब तथा […]
परिवर्तनको लागि युवाहरु गर्छन् नयाँ सृष्टि
गुट–उपगुटले ध्वस्त बनाउन लागेथ्यो नेपाल, कुशासन र भ्रष्टाचार रोक्न युवाले उठायो सवाल । शासनसत्ता चलाउनेहरू सधैं भए बिदेशी बफादार, बल्ल बन्यो स्वदेशी सरकार देशभक्त र इमानदार ।। भ्रष्टाचार विरुद्ध हतियारविहीन त्यो युद्ध, आज अवस्था परिवर्तनमा जन्मिएका छन् बुद्ध । युवा हुनु आवश्यक छ र बारम्बारको पुष्टि? परिवर्तनको लागि युगर्छन् नयाँ सृष्टि ।। सिंहदरबार, संसद भवन, […]
पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा प्रमुख अतिथि पूर्व राजदूत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो […]
महाराजगञ्ज नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना रानाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा […]
तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित
काठमाडौ । हरितालिका तीजको अवसर पारेर एस.एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्यो । सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष एवं समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष रहेकी समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ […]
किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न
काठमाडौ । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको सप्पन्न गर्यो । काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]
साहित्यिक पत्रकार संघद्वारा पाँच सिर्जनकर्मी अभिनन्दित
साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् […]











