काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो । समितिले नेपाल पत्रकार […]
साहित्य
खुल्ला प्रेम प्रस्ताव
साँझ पर्याे जिन्दगीमा बास दिने काेही छ ? भाेकाएकाे याे मनलाई गास दिने काेही छ ? रूने रूवाउने त थुप्रै छन् हजुर यहाँ छेउमा मलाई हसाई हासी दिने काेही छ ? खाेजेकाे बेतुककाे क्षणिक माया हाेइन पलपल हरपल खास दिने काेही छ ? भेटिएर-छुट्ने दाेबाटाेमा तमाम भेटिन्छन् धड्कन धड्कुन्जेल सास दिने काेही छ ? अनन्त […]
समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन
काठमाडौँ, २४ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई […]
नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने
काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]
पल्पसा क्याफेका सर्जक नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’, के छ पुस्तकभित्र
काठमाडौं । पल्पसा क्याफेजस्तो चर्चित उपन्यासका सर्जक कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेको नयाँ पुस्तक बजारमा आउने भएको छ । सम्पादक वाग्लेले आफ््नो तेस्रो कृति कोरियाना कफिगफ छिट्टै सार्वजनिक हुने जानकारी दिएका छन् । कोरियाना कफीगफ सार्वजनिक नहुँदै चर्चा पाएको छ । यो कृति उनका अघिल्ला कृतिभन्दा बेग्लै हुने बताइएको छ । यसलाई सिर्जनशील गैरआख्यान […]
जीन्दगी
कतै घाम कतै पानी पर्छ किन हाेला ? घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ? भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ? भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ? काेही अाफू रून्छन, काेही अरू रूवाउछन् रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला […]
‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’
झापा, माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताएका छन् । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को उद्घाटन गर्दै उनले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताए । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक […]
ललितकलामा स्नातकोत्तर १० विद्यार्थीकाे चित्र प्रदर्शनी ‘सङ्गालो’को समापन
काठमाडौँ, १५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे । कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताए । उनले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख […]
मुक्तकको विकास गर्न मुक्तक सम्बन्धि साहित्यिक पत्रिका विमोचन
काठमाडौँ, १२ माघ । मुक्तकलाई मानकीकरण गर्दै विकास र विस्तार गर्ने उद्देश्यले ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरिएकाे छ । राजधानीमा एक समाराेहकाे अायाेजना गरी उक्त पत्रिकाका विमाेचन गरिएकाे छ । चलचित्र निर्देशक एवम् मुक्तककारहरू यादव खरेल तथा चेतन कार्कीको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ मुक्तक सागर त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन गरिएकाे हाे । विमोचनमा […]
काठमाडौंमा सम्झनामा तारादेवी कार्यक्रममा १० लाख
काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका […]







