समय परिवर्तन हुँदै गयो । हामी एक अर्काको विश्वासिलो पात्रको रुपमा स्थापित हुँदै गयौँ । परिस्थितिले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निस्ठुरी समयमा हामीले बाक्लिएर कुराकानी गर्न पाएका थिएनौँ । समय हाम्रो अगाडि पर्खाल बनेर उभिएको थियो । कारण मेरा प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागि क्याम्पस पढ्नको लागि सुर्खेततिर गएका थिए ।
म भने गाउँमा नै पढाईलाई अगाडि बढाईरहेकी थिएँ । उनी सुर्खेत झरिसकेपछि एउटा राजनैतिक पार्टीमा वपन संगठित भैसकेका रहेछन । त्यो समयमा मलाई उनी संगठनमा आबद्ध भएको कुरा थाहा थिएन । पछि बिस्तारै हाम्रो गाउँमा पनि जनयुद्धको प्रभाब पर्यो । मलाई अहिले पनि प्रेमीले तड्पाएको त्यो क्षणले झस्काएको याद आउँछ । लाग्छ त्यो कसरी र किन भयो भन्ने कुरा मलाई थाहा नै थिएन । म अहिले सम्झिरहेकी छु ती दिन ।
त्यो बेला यी सब कुरा भन्ने अवस्था पनि थिएन । किनकि त्यति बेला उनी आवद्ध भएको पार्टी भूमिगत शैलीमा काम गर्दथ्यो । तर, उनले त्यो कुरा मलाई जानकारी गराएका थिएनन् । उनको त्यो स्वभाव राम्रोसँग थाहा थियो कि उनी गाँउमा हुने अन्याय अत्याचार कहिले पनि सहदैनथे । त्यो भएर पनि उनले यो जोखिमपूर्ण यात्राको थालनी गरेका थिए होला भन्ने मलाई लाग्यो ।
म सोचिरहेकी थिएँ कि मलाई त्यो समयसँग जित्नु छैन । किनकी गाँउलेहरुले मेरो बारेमा अनेक अड्कल काटिसकेका थिए । अब यी दुई जोडीको मिलन नहुन पनि सक्छ । प्रेमी भेट नहुन पनि सक्छ ।
म सोच्थे त्यसरी जानु नै थियो भने मलाई यसरी किन प्रेममा पारेको होला । मैले त्यति बेला जनयुद्धको प्रभाबलाई राम्ररी बुझ्न सकेकी थिईन । जब उनले आफ्नो घर परिवार छोडेर आफु त्यो परिवर्तनको बाटोमा लागे सुरु सुरुमा त उनको घर परिवारले पनि केही समयको लागि त्यो गाउँलाई झुटोसम्म बोलेको कुरा मेरो मानसपटलमा अहिले पनि नाचिरहन्छ ।
उनको बाबाले भन्ने गर्थे मेरो छोरा पढ्नको लागि सुर्खेततिर गएको छ । बुवाले कुराले केही समय उत्साहित त बनाएको थियो तर अरुहरुले भने फलानाको छोरा त माओवादीतिर लाग्यो रे भन्दै कुरा काटदथे । त्यो खबर सुन्दा म एकछिन छाँगाबाट खसेझै भएको थिएँ त्यो बेला । किनकि त्यो बेला त्यो पार्टी र राजनीतिलाई राम्रोसँग बुझ्ने कोही पनि गाँउमा थिएनन् । गाउँका केहीले यस्तो पनि भन्थे कि त्यो मान्छे मर्नको लागि त्यो पार्टीमा किन लागेको होला ? मेरा मनमा भने अनेक कुरा खेलिरहन्थे । उनको पार्टी राजनीतिले पनि हाम्रो प्रेममा ठूलो राजनीति गरेको त्यो क्षण अहिले पनि सम्झिन लायक छ । म आफै पनि त्यो समयमा त्यो परिस्थितिको कुनै पनि वर्णन गर्न सक्ने अवस्थामा छैन मेरो मनमा त्यो भन्दा पछिका दिनहरुमा एकहोरो त्यो प्रेमी शिखर मेरो मनमा नाचि नै रहन्थ्यो तर म भने कल्पना गरे जसरी त्यो प्रेमी पाउने परिवेशमा थिईन ।
यता मेरो परिवारमा भने एक किसिमको खुसी छाएको थियो । किनकि मैले मन पराएको त्यो प्रेमी मबाट टाढिदै थियो । कारण प्रेमी टाढिनुको थिएन एउटा क्षेत्रीसँगको सम्बन्ध टाढिनुले मेरो परिवारमा खुसी छाएको थियो । मेरो परिवारमा खुसी छाईरदा म भने त्यतिबेला समयमा मेलापात र जब वनतिर जान्थे तब तब उसको सम्झनाले दिनानुदिन मुटुलाई पिरोलीरहन्थ्यो ।
कुनै मानिस ऊ पर बाट आउदै गरेको देख्दा मेरो मानस पटलमा त्यो मान्छे कही कतै मेरो लागी केही खबर लिएर त आउदै छैन भन्ने लागिरहन्थ्यो । पहिलेका ती रमाईला ती रन वनहरु, ती पाखा पखेराहरु जति रमाईला लाग्थे त्यो भन्दा पछिका दिनमा मेरा लागि रमालो लाग्न छोडिसकेका थिए । म सम्झना गर्दै हिडिरहेकी हुन्थ्ये तब तब उनको त्यो चम्किलो चेहेरा मेरो अगाडि कैयौ पटक नाचेको हुन्थ्यो । लाग्थ्यो म त्यो समयकी एक प्रेमी पीडित हुँ । कहिलेकाही आफैलाई त्यो उपमा दिन मन लाग्थ्यो ।
पछि मेरो लागि ती पाखा पखेरा र रनबनहरु मेरा रहेनन् । त्यो ठाँउमा नाच्ने गरेका ती मृगस्थलहरु मेरा लागि बिराना भइसके । त्यो ठाँउमा गाउने कोइलीका ती भाकाहरु मेरा हुने छैनन् । किनकि मेरो मनको मान्छे मसँग थिएन । त्यो मेरा लागि अब हुने छैन । त्यो बेला छोटो समयमा त्यो पनि कल्पना गरिसकेकी थिएँ । आखिर मैले त्यो कल्पना गर्नुमा मेरो दोष थिएन । दोष थियो त केवल त्यो समयमो थियो । त्यही समयको दोष भएर नै होला हामीलाई निष्ठुरी समयले छुट्याएको थियो ।
सोच्न थालेकी थिएँ मलाई अब त्यो समयसँग जित्नु छैन । किनकि गाँउलेहरुले मेरो बारेमा अनेक अडकल काटिसकेका थिए । अब यी दुई जोडीको मिलन नहुन भयो । यसको प्रेमी त आफ्नो जीवनलाई अकालमा फाल्नको लागि गईसकेको छ । यो अब गाउँमा नै छ । जति प्रेम भो गाउँले जीवनमा मात्रै हो । अब त यिनीहरु एक अर्काका हुँदैनन आदि आदि ।
तर म त्यो सोचिरहेकी थिईन । किनकि मेरो त्यो प्रेम केही समयका लागि मात्रै थिएन । जुनिजुनिभर सँगै बस्ने, बाँच्ने र सँगै मर्ने प्रण थियो । त्यो त हाम्रो सच्चा प्रेम थियो । उहिलेदेखि हामीले हाम्रो सच्चा प्रेमलाई जोगाएर राखेका थियौँ । म त्यति ढुक्क थिएँ कि म उसको निम्ति नहुन सकुुला तर मेरो प्रेम सच्चा छ सधै सधैका निम्ति । त्यसैले म त्यो जितको प्रतिक्षा गरेर आफ्नो प्रेमीको बाटो हेरेर होइन, प्रेमको योगदान हेरेर एकोहोरा रोइरहेकी हुन्थे । आज ती दिनहरु सफल जीवनपछिका कहानी जस्तै बनेर घच्घच्याइरहन्छन ।
जीवन सजिलो थिएन । समय जटिल थियो । अनेक सपना थिए मनमा । कल्पनाहरुले मलाई बाँच्न नदिने जसरी सधैँ घोचिरहेका हुन्थे । म भने आफु आजको दिन जसरी सगल रुपमा त्यो बेलाको परिस्थिीतिसँग जुध्न सक्ने अवस्थामा थिइन । किनकि म उmदेखि । ऊ मदेखि टाढिएको त्यो पल कल्पनासम्म गर्न सक्ने अवस्थामा थिईन । त्यो २०५६ सालको दशैँपछिका दिनहरु मेरा लागी थिएनन् । ती अरुहरुका लागि मात्रै थिए । किनकि म उसलाई त्यो समयको ओस्ताज ठान्दथे । तर, उसलाई फेरि पाउने कल्पना भए पनि सपना थिईन । गाउँलेहरुका अनेक कुराले मेरो सपना धुमिल लागिरहेको थियो । त्यतिबेलाको त्यो चोट मेरा लागि बिर्सिन लायक थियो । यदि ती दिनहरु बैधानिकतामा हुँदा हुन् त त्यसरी मलाई चोट दिने थिएनन् ।
म यो समाजको आगाडि मन फुकाएर हिड्ने हिक्मत गर्थे तर सोचे जस्तो हाम्रो त्यो बेलाको सम्बन्ध थिएन । एक अर्काको सहयागीको रुपमा हामी स्थापित भएका थियौँ । त्यही पीडाले मसँग अनेकचोटी परीक्षा लिएको म सोचिरहेकी थिए । त्यसैले पनि आज म त्यो प्रेमीले हाम्रो युद्धमाथि प्रेमको बन्धकी बनाएर आफु सफल हुने सपना बोकेका थिए भन्ने लाग्छ । त्यही सपनाले उनले मृत्युलाई आफै जितिसकेका थिए । प्रेमलाई भन्दा आफ्नो वर्गको सपनाले उनलाई जितिकेको थियो । त्यसपछिका दिनमा समयले मलाई कहिले पनि साथ नदिए जस्तो लागिरहेको थियो । आज पनि म जीवनसँग त्यो समयको तुलना गर्न सकिरहेकी छैन ।
२०५६ साल पछिका दिनहरुमा हाम्रो गाउँमा जनयुद्धको प्रभाव बाक्लो भयो । धेरैले आफ्नो पुस्तौदेखिको राजनैतिक जीवनलाई परिवर्तन गर्नु थियो । मैले पनि बिस्तारै आफ्नो राजनैतिक जीवनलाई परिवर्तन गर्ने सोच बनाए । त्यो बेला जनयुद्ध भनेको नै हाम्रो लागि थियो भन्ने कुरा बुझ्न थालिसकेका थियौ हामीले । म आज पनि त्यो समयलाई सम्झिएर आफुसँग आफै लडाई गरेको त्यो दिन अहिले पनि सम्झिन्छु । सबैभन्दा पहिला म आफुदेखि आफै लडाई गर्नु थियो । त्यो बेला माओबादी पार्टीको राजनीतिमा लागेका प्राय मान्छेहरु पहिला आफुले आफै मृत्युदेखि जितेर मात्रै त्यो राजनीतिमा लाग्ने सक्ने हिक्मत गरेका थिए । त्यसैले माओवादी हाम्रो गाँउमा प्रवेश गरिसकेपछि केही वर्ष त मलाई आफैदेखि जित्न समय लाग्यो । त्यो क्षण मलाई अहिले पनि सम्झना छ ।
त्यो समयमा हाम्रा कालीकोट जिल्लाको पलाता क्षेत्र उहिले देखिको बिकट क्षेत्रको रुपमा चिनिएको त्यो ठाँउ पछिल्लो समय युवा पुस्ताको पहिलो भुमीगत राजनितीमा लागेको नै मेरो प्रेमी अर्थात खड्गराज सेजुवाल सिखर थिए । त्यो बेला उनि राजनितीमा गईसके पछि हाम्रो गाँउमा अनेकौ अट्कल काटिन सुरु गरिसकेका थिए तर त्यो समयमा त्यो अट्कल काटे जसरी राजनितीलाई बुझ्न सजिलो थिएन । किनकी त्यो समयको परिबर्तनको लडाई भनेको नै पहिला आफुसँगको थियो पहिला आफुले आफै देखि जितेपछि मात्र यो याात्रामा सहभागी हुन सक्ने हिक्मत हुन्थ्यो त्यसैले पनि यो यात्राको बिजय यात्रामा पहिलो पटक उनी नै सहभागी भएको मेरो सम्झना छ ।
उनले यो यात्रा थालनी गरिसके पछि माओवादीको आशंकामा हाम्रो गाँउको एक जना अस्पतालको सहयोगी दाई कुम्म बोगटीलाई पहिलो पटक त्यो बेलाको सरकार पक्षले निर्मम तरिकाले हत्या गरेको थियो । त्यो घटनाले झनै हामीमा सरकार प्रति बितृष्र्णा जागेको थियो किनकी कुम्म बोगटी जसको जीवनमा राजनीतीको र पनि जोडिएको थिएन ति निर्दोश जब मारिए अनि हामी पनि त्यो बेलाको सत्ताको बिरुद्धमा लागेका थियौ । यो हाम्रो र हाम्रो गाँउको लागी पहिलो रेकर्ड थियो जो सरकारको बिरुद्धमा गाँउ नै लागेको ।
त्यो समयमा सरकारले भन्ने गरेको आतंककारी माओबादीमा त्यस्तो आतंककारीको पहिरन हामीले भेटाएका थिएनौ । तर पनि सरकारको सुचना नै आतंककारीबाट सजक रहनु भन्ने बजिरहेका थिए । गाँउमा माओबादीको सत्ता संञ्चालनका अभ्यास भैरहेका थिए। त्यो समयमा यस्तै यस्तै ‘। जनयुद्धको आगो जब गाँउ गाँउ फैलिदै थियो त्यसपछका दिनहरुमा हाम्रो गाँउमा कोहि माआबादीको डरले गाँउ नै छोडेर थोरै विस्थापित भएका थिए भने धेरै जनयुद्धको पक्षमा थिए जनयुद्धको सहयागी हातहरु हाम्रो गाँउमा अब झन बलिया हुदै गएका थिए ।
समयको यो चक्रलाई कसैले पनि रोकेर रोकिने पक्षमा नहुदो रहेछ मलाई यो २०५६ साल गएको बर्ष एक शताब्दी जति लामो लागेको थियो । किन मलाई त्यो समयले पनि परिक्षा गरेको जस्तो लागीरहेको थियो । अब यो बर्ष भरी म मेरो प्रेमिसँग प्रेमिकाको रुपमा रहेकी थिईन किनकी उनी जनयुद्धको आधिहुरीमा हाम फालेका थिए भने त्यो समयको बिचमा म गाउले जीवनमा थिए जनयुद्धको नाममा हाम्रो प्रेम बन्धकि बनाएको त्यो क्षण आज जस्तै लाग्छ ।
अस्तु