फिदिम । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आआफ्ना रचना वाचन गरेका थिए । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गरे । नेपाल आदिवासी […]
समाचार
दुई जनाले बोल्ने भाषा
नारायणपुर, ९ फागुन । ‘वनराजा’ र ‘वनकरिया’ जस्ता नामले समेत चिनिने कुसुण्डा समुदायको आफ्नै भाषा छ । यो भाषा अहिले लोप हुने खतरामा छ । भाषा लोप हुन थालेपछि कुसुण्डा समुदाय चिन्तित छ । सिङ्गो समुदायमा पूर्ण रुपमा यो भाषा जानेका दुई महिला मात्र छन् । बयासी वर्षीया ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीया कमला कुसुण्डा मात्रै […]
नियात्राकार रन्जु दाहालले ल्याइन् ‘प्रियसंगको यात्रा”
संजीप शुभचिन्तक,काठमाडौं, ५ फागुन । भीएस निकेतन स्कूलकी नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार रन्जु दाहालले प्रियसंगको यात्रा’ नामक नियात्रा संग्रह बजारमा ल्याएकी छन् । शनिवार एक कार्यक्रमका बीच उनको पहिलो नियात्रा संग्रह सार्वजनिक भएको हो । नियात्रा विधाका जनक बरिस्ठ साहित्यकार डा ताना शर्मा,प्राडा निर्मोही ब्यास लगायतले रन्जुको प्रियसंगको यात्रा’सार्वजनिक गरेका हुन् । प्रमुख […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन साउनमा
काठमाडौँ, २९ माघ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत शाखाले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअघि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको […]
उपत्यकाका संचारगृहमा छिटै संयुक्त अनुगमन थाल्ने
काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो । समितिले नेपाल पत्रकार […]
समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन
काठमाडौँ, २४ माघ । नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ । समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई […]
नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने
काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]
पल्पसा क्याफेका सर्जक नारायण वाग्लेले ल्याए ‘कोरियाना कफीगफ’, के छ पुस्तकभित्र
काठमाडौं । पल्पसा क्याफेजस्तो चर्चित उपन्यासका सर्जक कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेको नयाँ पुस्तक बजारमा आउने भएको छ । सम्पादक वाग्लेले आफ््नो तेस्रो कृति कोरियाना कफिगफ छिट्टै सार्वजनिक हुने जानकारी दिएका छन् । कोरियाना कफीगफ सार्वजनिक नहुँदै चर्चा पाएको छ । यो कृति उनका अघिल्ला कृतिभन्दा बेग्लै हुने बताइएको छ । यसलाई सिर्जनशील गैरआख्यान […]
‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’
झापा, माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताएका छन् । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को उद्घाटन गर्दै उनले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताए । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक […]
ललितकलामा स्नातकोत्तर १० विद्यार्थीकाे चित्र प्रदर्शनी ‘सङ्गालो’को समापन
काठमाडौँ, १५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गरे । कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताए । उनले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख […]










