इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा

    काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]

गाउँमा सुनिन छाडे सारङ्गीका धुन

म्याग्दी, १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने […]

सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा […]

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

काठमाडौँ, ११ भदौ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि […]

‘सहिदको रगत’ सार्वजनिक

काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को सार्वजनिक गरिएकाे छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त […]

एमालेको प्रतिस्पर्धी नै नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् । पार्टी कार्यक्रममा इलाम पुगेका आेलीले एमालेसंग नीतिगत प्रतिस्पर्धा गर्ने कुनै पार्टी नभएको बताएका हुन् । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभइलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्रतिस्पर्धी नै नभएको बताएका छन् । पार्टी […]

त्रिमूर्ति पुरस्कार चटौत, चन्द र दिवसलाई

काठमाडौँ, १९ साउन । त्रिमूर्ति निकेतनले ‘प्रभास–गीता–महाकाव्य’का रचनाकार आरडीप्रभास चटौत, प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । ताम्रपत्रका साथै ती पुरस्कारका राशि जनही रु पचास हजार रहनेछन् । नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य […]

‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ सार्वजनिक

काठमाडौँ, १५ साउन । नेपाली भाषाका व्याकरणविद् डा बलदेव शर्मा अधिकारीद्वारा लिखित ‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ पुस्तक सार्वजनिक भएको छ । नेपाली भाषासम्बन्धी पर्याप्त भाषा वैज्ञानिक प्रमाण र तर्क समेटिएको सो अनुसन्धनात्मक पुस्तक दुई अध्यायमा विभाजित छ । पहिलो नेपाली वर्णविन्यासको वैज्ञानिक परम्परा र दोस्रो अध्यायमा स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास–परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकको […]

भाविकाको ‘छापाकला’ चित्र प्रदर्शनी सुरु

काठमाडौँ, १५ साउन । अमेरिकामा अध्ययनरत छापाकलाकी विद्यार्थी भाविका दुगडको छापाकला चित्र प्रर्दशनी सुरु भएको छ । सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा नेपालका लागि मेक्सिकोका मानार्थ वाणिज्य दूत नरेश दुगडले आज ‘लेयरिङ द सिटी’ शीर्षकको सो प्रदर्शनीको उद्घाटन गरे । उनले नेपालमा कमै मात्र प्रयोग गरिने छापा कलाको प्रवद्र्वन गर्न यस्तो प्रदर्शनीले सहयोग पुग्ने बताए । […]