साहित्यकार अप्सराको निधन

हेटौँडा, १३ साउन । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । […]

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी । महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको […]

सभापति देउवाले गरे “मान्छेका कथाहरु” विमोचन

काठमाडौँ, ११ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उनले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित […]

पाण्डेको ‘चुरा’ सार्वजनिक

लमजुङ, ११ साउन । सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गरेका हुन् । गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गरेका […]

सुप विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

९ साउन, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगर झण्डै तीन महिनादेखि ठप्प रहेको छ । तीन महिना अघि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी अझै खुल्न नसकेको हो । विश्वविद्यालयमा तालाबन्दी भएपछि कामकाज भने त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट हुने गरेको छ । विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन हुने गरेको […]

कोलकातामा हुने भानुजयन्तीमा भव्यताका साथ मनाइदै

Bhanubhakta Acharya

काठमाडौँ, ९ साउन । नेपाली जनकल्याण समिति कोलकाताले यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा आयोजना गर्दैछ । कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो । कोलकाताको अलिपुर रोडलाई सन् २००७ देखि ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ । यही साउन १२ गते कोलकाता हावडा मैदानमा हुने कार्यक्रममा कोलकातास्थित नेपाली […]

थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’

इलाम, ४ साउन । कवियत्री तथा लेखक बालिका थपलिया ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’बाट पुरस्कृत भएकी छिन । आज एक समारोहबीच उनलाई रु दश हजार एक सय एकसहित पुरस्कृत गरिएको हो । कविता, समालोचनालगायत विधामा कलम चलाउँदै आएकी थपलियालाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम […]

सुदूरमा छलिया र हुड्के नाचको माग बढ्दो

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के […]

जीवन शर्मालाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । सरकारले जनवादी गायक जीवन शर्मालाई सम्मान गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो। रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्। पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।

भानु जयन्तीको अवसरमा रोचक घिमिरे लगायत विभिन्न स्रष्टा पुरस्कृत

काठमाडौं, २९ असार । आदीकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीका अवसर पारेर प्रधानमन्त्री के.पी.शर्मा ओलीले विभिन्न विधाका स्रस्टाहरूलाई पुरस्कृत गरेका छन् ।राजधानीमा आइतवार एक विशेष समारोहबीच उनले पुरस्कार प्रदान गरेका हुन् । उक्त अवसरमा २०७५ सालको “महाकवि देवकोटा पुरस्कार” भाषा साहित्य विधामा रोचक घिमिरे, कविता विधामा विश्व विमोहन श्रेष्ठ, निबन्ध समालोचना विधामा डा.देवी प्रसाद सुवेदी, […]