कथा: एक रात

त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्तीबत्तीमुनि झुन्डिएर अडिरहेको छ। निष्पट्ट शान्ति […]

देवकोटाको बहुचर्चित निबन्धः के नेपाल सानो छ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यस्ताे छ महाकवि देवकाेटाकाे […]

दुई लघुकथा: स्त्री शक्ति र पद-पैसाको पुरुष राज्य

१) स्त्री शक्ति एकादेशमा एक अति बलिष्ट, बुद्धिमान र सुन्दर युवक थियो। उक्त युवकसँग सबैजना आकर्षित हुन्थे।शक्तिशाली र घरानिया स्त्रीहरु समेत उक्त युवकको निम्ति मरिहत्ते गर्थे। मानै युवक लाखौको सपनाको राजकुमार थियो। एक कान दुई कान मैदान हुँदै उक्त युवकको चर्चा राज दरबारसम्म पनि पुग्यो। उतिखेर उक्त देशकी रानी पनि पूर्ण यौवनले भरिएकी असाध्य सुन्दरी […]

लाशमाथिको ‘महाभोज’

काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]

पवनकलीको नलेखिएको कथा

दशकौँदेखि पवनकली नाम गरेकी हात्ती मानव दासता सहेर बसेकी छन् । व्यवस्था फेरियो, समय बदलियो तर उनको जीवनको नियति कहिल्यै बदलिएन । फलामको साङ्लोमा बाँधिएर, उठ्दा, बस्दा, हिँड्दा हरबखत माउतेको अनुमति पर्खन विवश बनाइएकी पवनकलीले वास्तवमा आफ्नो जीवन जीउन नै पाएकी छैनन् उनी त मानव दासको जीवन जिएर बसेकी छन् । उनको शरीर छ तर […]

देउरालीको कथा भन्छु है त

गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने स्थान थियो रे हाम्रो गाउँँको देउराली ! त्यही थियो गन्धर्व गीतको झल्को : बल्छी र जाल खेलिन्थ्यो मिसिन्थ्यो जहाँ, दुई खोली फूल र पाती […]

स्लिप प्यारालाइसिस

कसर म धेरै सपना देख्ने गर्दछु । परीक्षाको समयमा मेरा सपनाहरु अझ केही विशेष हुने गर्दछन् । स्नातक तह पढ्दा पहिलो वर्ष देखि अन्तिम वर्ष सम्म नै मलाइ यस्तै सपनाहरुले सताउने गर्दथे । भोलि वातावरणीय कानूनको परीक्षा थियो । रातको एघार बजिसकेको थियो । कोठा बाहिरबाट बेला बेलामा झ्याउँकिरी कराएको आवाज आइरहेको थियो बाँकी सबै […]

अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवन र मृत्युको सौदावाजी हुन्छ

झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् । छिटो […]

लघु कथाः भ्रष्टाचारको अचुक औषधी- मन्त्री ज्यूको भाषण

सरकारका प्रभावशाली मन्त्री भाषण गर्दैछन, “भ्रष्टाचार देशको क्यान्सर हो, एड्स जस्तै हो। भ्रष्टाचार अब सहिन्न ,कसैलाई छोडिन्न ,सब भ्रष्टाचारीलाई कारबाही गरिन्छ। भ्रष्टाचार गर्‍यो कि गयो ,यस्लाई निमिट्यान्न पार्ने हो।” भाषण सुनिरहेका एक श्रोतालाई सही नसक्नु भयो । मन्त्री जोडतोडले भाषण गर्दै थिए । त्यही भाषणकै बीचमा ती स्रोता प्वाक्क बालिहाले, “हैन मन्त्री ज्यू, भाषण मात्र […]

मर्दी हिमाल ट्रेकः एक अविस्मरणीय अनुभूती

मर्दी हिमाल ट्रेक हाम्रा लागि नौलो थिएन । किनकि दुई वर्ष पहिले मेरो कान्छो भाइ आफ्ना साथीहरुसँग मर्दी हिमालको यात्रामा गइसकेको थियो । त्यस्तै, अघिल्लो वर्ष मास्टर डिग्रीको थेसिसको क्रममा नर्वेबाट नेपाल आएको मौका छोपी मेरो दाइले पनि मर्दी हिमाल घुमेर भ्याइसक्नु भएको थियो । यसप्रकार दाइ र भाइ दुवै मर्दी हिमाल टे«कमा पहिल्यै गइसकेकाले […]