स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, रोहित र इशनको अर्धशतक

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान […]

ललित र सन्दीप चम्किँदा ३९.१ ओभरमा स्कटल्याण्ड अल आउट, नेपालले पायो १९५ रनको लक्ष्य

काठमाडौँ । ललित राजवंशी र सन्दीप लामिछाने चम्किँदा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ। विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको हो। नेपालले १९५ रनको लक्ष्य पाएको छ। त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। लेग स्पिनर […]

स्टार्कको कीर्तिमानी तोडेर सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी

काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए […]

प्ले कार्ड र पर्चासहित विरोधको शैली संसद्‍मा नदेखाउन सांसदहरूलाई सभामुखको आदेश

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउन आदेश गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि गएर देखाए । त्यसपछि छातीमा पर्चा टाँसेर सभाको बैठकमा सहभागी भए । त्यसपछि सभामुखले भने, […]

सुन्धारा कारागारबाट भागेकी महिला पक्राउ, तोकिएको थियो जन्मकैद

काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो । तामाङ […]

प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि […]

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पित

०८३ जेठ ३, काठमाडौं । काठमाडौंको साहित्यिक वातावरण आइतबार शब्द, संवेदना र सिर्जनशीलताको अनुपम संगमले झनै आलोकित बन्यो । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ राजधानीको अनामनगरस्थित डालो रेष्टुरेन्ट मा एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको […]

नेताहरूको कार्यविभाजन गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै […]

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र […]

आईसीसी विश्वकप लिग २ : जितको लक्ष्यसहित नेपालले स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ। संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ। घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली […]