ललितपुर। नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरू विरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् । सचिव बस्नेतले गत वर्षको २३ र २४ गतेका घटनाहरू […]
समाचार
पार्वती भट्टको ‘शीतको समुद्र’ भव्य रूपमा लोकार्पित
शुक्रवार, शब्दका शीतल तरङ्गहरूमा संवेदना, अनुभूति र जीवनदर्शनलाई मुक्तकका सुन्दर मोतीमा उनेर तयार गरिएको मुक्तककार पार्वती भट्टको दोस्रो कृति “शीतको समुद्र” काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक गरिमामय साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ। साहित्यिक पत्रकार संघ (Literary Journalist Association) को आयोजनामा सम्पन्न उक्त समारोह- संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको […]
केप भर्डेलाई हराएसंगै विश्वकपका लगातार ८ गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी विश्वकपका लगातार ८ खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्। ३९ वर्षीय मेस्सीले खेलको २९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशका […]
धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटनाग्रस्त, चार गम्भीरसहित २० घाइते
धनगढी । बैतडीमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ३ः३० बजे धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ख ३९६३ नम्बरको सुदूरपश्चिम यातायातको बस पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको […]
निर्वाचन आयोगका तीन पदमा नयाँ नेतृत्व सिफारिस, विपक्षीको असन्तुष्टि
काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। परिषद्ले आयोगका दुई रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बाको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो। सिफारिस गरिएका नामहरू अब संवैधानिक प्रक्रियाअनुसार संसदीय सुनुवाइलगायतका […]
नक्कली ‘हाइब्रिड’ घोषणा गरी विलासी गाडी आयात, करोडौँ राजस्व छली खुलेपछि कारबाही
काठमाडौं । हाइब्रिड सवारीसाधनका रूपमा घोषणा गरी कम राजस्व तिरेर ल्यान्डरोभर गाडी आयात गरिएको भेटिएपछि भन्सार विभागले आयातकर्ता कम्पनीमाथि ४ करोड १५ लाख रुपैयाँभन्दा बढी थप राजस्व निर्धारण गरेको छ। विभागका अनुसार काइरोस इन्टरनेसनलले हाइब्रिडका रूपमा आयात गरेका ६ वटा ल्यान्डरोभर गाडी प्राविधिक परीक्षणका क्रममा वास्तविक हाइब्रिड नभएको पुष्टि भएको हो। परीक्षणबाट ती सवारी पूर्ण […]
वैदेशिक रोजगारी ठगी गर्नेविरुद्ध विभागको कडा कदम, म्यानपावर कम्पनी पनि निगरानीमा
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ […]
राहदानी नवीकरण गर्न जाँदा खुल्यो दोहोरो नागरिकताको रहस्य
धनकुटा । फरक–फरक जन्ममिति उल्लेख गरी दुई वटा नेपाली नागरिकता र राहदानी बनाएको आरोपमा धनकुटामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार काफ्लेले एउटै […]
अनुदानको मल कालोबजारी, ३२० बोरासहित सहकारीका सचिव पक्राउ
गुल्मी । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा गुल्मी प्रहरीले एक सहकारीका सचिवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गर्नुपर्ने युरिया र डीएपी मल […]











