तेहरान । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ। आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्। सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए। यद्यपि, इरानका नयाँ सर्वोच्च […]
समाचार
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र […]
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयका विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफलका प्रस्तावहरू पेस हुनेछन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला […]
बैंकमा निक्षेप संकलन लगातार बढिरहँदा कर्जायोग्य रकम फालाफाल
काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा पनि घटेको छ । वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको हो । एक महिनाको अवधिमा सीडी रेसियो ०.३३ प्रतिशत बिन्दुले घटेको हो । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकको सीडी रेसियो घटेको छ भने ८ बैंकको बढेको छ । […]
नमुना बन्दै सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन
सिन्धुली । एक समय उजाड, सुख्खा र वनविहीन बनेका डाँडापाखाहरू स्थानीय उपभोक्ताको सक्रिय संरक्षण र दिगो व्यवस्थापनका कारण अहिले हराभरा, आकर्षक र जैविक विविधताले सम्पन्न वन क्षेत्रमा परिणत भएका छन्। संरक्षणसँगै वनलाई स्थानीयको उपभोग तथा आयआर्जनको स्रोतका रूपमा विकास गरिएपछि सिन्धुलीको दूधौली नगरपालिका–१, कुर्थौलीस्थित बिचित्रा ठाकुर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा […]
एम्बाप्पेको निर्णायक गोलले पाराग्वेलाई धक्का, फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका […]
डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते
डोल्पा । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो । बाढीमा परेर घाइते […]
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकाे चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची […]
क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका […]
के छ सरकारको सय दिने उपलब्धि ? पूर्णपाठसहित हेर्नुहोस्
काठमाडौँ । सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। सरकार गठन भएको दिन २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारका लागि १०० दिने कार्यसूची स्वीकृत गरेको थियो। सरकार प्रवक्ता पोखरेलले एक सय कार्यसूचीअन्तर्गका प्रत्येक […]











