काठमाडाैं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जनाए । ओलीले आइतबार पार्टीको […]
समाचार
कांग्रेस गुटै गुटको घर । देउवाको समूहबाट दुर्इजना मात्रै मन्त्री
काठमाडाैं, १६ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन्। देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ। दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके। कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना […]
सर्वोच्चको आदेशप्रति एमालेको कडा टिप्पणी
काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वार्ड नं. १९ मा फेरि मतदान गराउन दिएको आदेशप्रति नेकपा एमालेले कडा टिप्पणी गरेको छ । सर्वोच्चको यो फैसलाले राज्यमा नागरिक सर्वोच्चता र जनताको जनमतलाई अपमान गरेको भन्दै एमालेले यो आदेश दुर्भाग्यपूर्ण भएको बताएको छ । एमालेका सचिव तथा प्रचार विभाग इन्चार्ज योगेश भट्टराईले सर्वोच्चको फैसलाले […]
अवैध सम्बन्ध राखेको भन्दै सन्तोलियालाई आफ्नै बाबु र दाईले हत्या गरेको खुलासा
महोत्तरी, १५ साउन । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते […]
भरतपुर १९ मा फेरि मतदान गराउन सर्वाेच्चकाे अादेश
काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ । भरतपुर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएका कारण मतगणना प्रक्रिया अवरुद्ध भएकाे थियाे । साेही मुद्दालार्इ किनारा लगाउन अाइतबार […]
चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल
काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]
मेसी र सुआरेजलाई पछि पार्दै नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित
काठमाडौं । बार्सिलोनाका फरवार्ड नेयमार विश्वको सबैभन्दा मूल्यवान खेलाडी घोषित भएका छन् । सिईआईएस फुटबल अबर्जभेटरीले गरेको अध्ययनले २५ वर्षीय ब्राजिलियन खेलाडी विश्वकै मूल्यवान खेलाडी रहेको देखाएको हो । अध्ययनले नेयमारको वास्तविक मूल्य १८.५ करोड पाउण्ड रहेको बताएको छ । खेलाडीको मूल्य तय गर्दा अबर्जभेटरीले प्रदर्शन, खेल्ने क्लब, अन्तर्राष्ट्रिय स्थिति, करार, उमेर, खेल्ने स्थान र […]
नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति
काठमाडाैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति […]
फेवातालको दबदबे लेदोमा जीप खस्यो । १ को मृत्यु ५ घाइते
पोखरा , १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी […]
चीन र भारतका कुटनीतिज्ञ किन एकाएक लुम्बिनीमा ओइरिए ?
रुपन्देही, १५ साउन । चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका छन् । यसैबीच फेरि चीन र भारतका उच्च तहका कुटनीतिज्ञहरु लुम्बिनीमा देखा परेका छन् । […]










