सल्यान, १६ भदौ । सल्यानका जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीबीच भ्रष्टाचार गरेको विषयलाई लिएर झगडा भएको छ । त्यो पनि पत्रकारसहितको सर्वपक्षीय बैठकमै । शुक्रबार दिउसो ३ बजे जिल्ला शिक्षा कार्यालय सल्यानमा पत्रकारसहित सर्वपक्षीय बैठकको अायोजना गरिएको थियो । यही भदौ २३ गते हुने शिक्षा दिवसको तयारीबारे छलफल गर्न उक्त बैठक बोलाइएको […]
समाचार
विद्यार्थीको आन्दोलनपछि मध्यपश्चिम विश्वविद्यालयको विवादास्पद सम्बन्धन रद्द
सुर्खेत, १६ भदाै । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले सम्बन्धन रद्द गर्ने भएको छ । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले बिहीबार एमयूका उपकूलपतिलाई पत्र लेख्दै कलेज र नेपाल इन्जिनियरिङ कलेज प्रालिबीचको सम्बन्धन प्रकृया खोरज गर्न आग्रह गरेका हुन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमयूसँग अपारदर्शीरुपमा सम्बन्धन लिन थालेको […]
देशभर चाडपर्वका लागि सुपथ मूल्यका पसल सञ्चालन । सामानमा ठूलाे छुट
काठमाडौं, १६ भदाै । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् । आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका […]
कुनै हालतमा पनि कोसीमा उच्च बाँध बनाउन नदिने नेकपाको घोषणा
काठमाडौं, १६ भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोसीमा उच्च बाँध बनाउन नदिने जनाएको छ । हालै मात्र भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले कोसीमा उच्च बाँध निर्माण गर्न भनी भारत सरकारसँग सम्झौता भएको बताइरहेका बेला उक्त सम्झौता राष्ट्रघाती भएको बताउँदै नेकपाले बनाउन नदिने जनाएको छ । बुधबार प्रकाशित नेकपाको मुखपत्र रातो साप्ताहिकमा लेख […]
अायाेगको अादेश अटेरी गर्दै यसरी गरियो रातारात २५० कर्मचारीको सरुवा
काठमाडाैं, १६ । कर्मचारीकाे सरूवा नगर्न निर्वाचन अायाेगले गरेकाे निर्देशन विपरित सरकारले रातारात ठूलाे सङ्ख्यामा कर्मचारीकाे सरुवा गरेकाे छ । रातारात २ सय ५० भन्दा बढी कर्मचारी एकैसाथ कर्मचारी सरुवा भएपछि त्यसकाे व्यापक विराेध भएकाे छ । नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो। […]
दशैका लागि ९० प्रतिशतभन्दा बढी हवाइ टिकट बुकिङ
काठमाडौँ, १६ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । […]
किनमेल गर्न गौरीफण्टा गएका नेपालीमाथि भारतीयद्वारा कुटपिट
कञ्चनपुर, १५ भदौ । कैलाली कञ्चनपुरको सीमावर्ती नाका गौरीफण्टामा किनमेलका लागि गएका जीतबहादुर विकमाथि भारतीय व्यापारीले आज कुटपिट गरेका छन् । स्थानीयवासी सीता शाहलाई भारतीय व्यापारीले दुव्र्यवहार गर्न थालेपछि बचाउका लागि गएका विकमाथि कुटपिट भएकाले स्थानीयवासीले सीमा नाका ठप्प पारेका छन् । घटनाको विरोध गर्दै डोकेबजार र गौरीफण्टा नाकाको यातायात सेवा अनिश्चितकालका लागि स्थानीयवासीले ठप्प […]
बेल्ट एण्ड रोड इनिसियटिभमा रहेर व्यापार विस्तार गर्नुपर्ने महराको जोड
काठमाडौँ, १५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा)को उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले भने, “नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्छ ।” मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदैनेपाली […]
सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले दिएको साँत बुँदे निर्देशन […]
विकासको नाममा गैरन्यायिक सडक बिस्तार । पीडितकाे धर्ना सुरु [१० फोटोसहित]
काठमाडौ, १५ भदाै । सरकारले आफुहरुलाई भूमिहीन तथा सडक चौडा, विकासको नाममा सुकुम्वासी, विस्थापित गर्न खोजेको भन्दै आन्दोलनरत उपत्यका सडक बिस्तार संघर्ष समितिको आव्हानमा बिहिबार राजधानीको माइतीघर मण्डलामा विभिन्न काठमाडौँ, ललितपुर, भक्तपुर, किर्तिपुरका अन्य संघर्ष समिति, लिबुवान, मगरात, खाससमाज, आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महासंघ, मानवाधिकारका लागि वकिल समूह (laurnepal), नेवा:देदबूं लगायतको सहभागितामा प्रदर्शन गरेको […]










