‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !

काठमाडौँ, ३ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् । स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् । सोही अवसरमा […]

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदका लागि अरु कसैको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुन वाम […]

तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने […]

ब्लोदानले मनायो रजत जयन्ति तथा तेस्रो राष्ट्रिय रक्तदाता दिवस

काठमाडौ, ३ चैत । नेपालका राष्ट्रिय रक्त कार्यक्रममा स्वयंमसेवी रक्तदानको क्षेत्रमा सक्रिय भूमिका निभाईरहेको राष्ट्रिय संस्था ब्लोदानको स्थापना दिवसको अवसरमा विना सोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं भन्ने नारा सहित नेपालको प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पण गरेर काठमाडौमा आयोजना गरिएको ब्लोदानको स्थापनाको रजत जयन्ती तथा तेश्रोे राष्ट्रिय रक्तदाता दिवस […]

गृहमन्त्री बादलले नै यस्तो काम गरेपछि मन्त्रालयका कर्मचारी छक्क, रेशम चौधरी मख्ख !

काठमाडौं, ३ चैत । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल एकाएक वीर अस्पताल पुगे । गृहमन्त्रीको अगामनले अस्पताल परिसर एकछिन नियमित अवस्थामा भन्दा केहि फरक देखियो । मन्त्री आफु बिरामी भएर र या कसैको उपचार गर्न वीर पुगेका भने पटक्कै होइनन् । मन्त्री थापा वीर पुग्दा मन्त्रालयका कर्मचारी छक्क थिए भने रेशम चौधरी मख्ख ! वीर […]

एमाले र माओवादीका गरी ११ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ (को–को भए मन्त्री नामावलीसहित)

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । ।  एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ । शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण […]

शिवमाया तुम्बाहाम्फे बनिन प्रतिनिधिसभाको उपसभामुख

काठमाडौं, २ चैत । प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । उपसभामुख पदमा नेपाली कांग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)की शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । उपसभामुखमा निर्वाचित तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ । भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको […]

हुम्लामा हिउँ परेपछि कृषक हर्षित

हुम्ला, २ चैत । विहीबार दिनभरीको हिमपातले हुम्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि कृषक हर्षित भएका छन् । हुम्लामा अहिले चौथो पटक हिमपात भएको हो । हिमपात भए पनि हिउँदमा जति हिउँ पर्नु पर्ने हो त्यो अनुसार पर्न नसकेको स्थानियवासीको भनाई छ । हिमपातले यातायातको एक मात्र माध्यम सिमकोट विमानस्थल बन्द हुँदा […]

यसरी थर्काएर घुस लिन्छन् भैरहवा भन्सारका महिला कर्मचारी (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं, २ चैत । सेवाग्राहीबाट घुस लिएर मात्रै काम गर्ने रोगबाट नेपाली कर्मचारी ग्रस्त छन् । यो नयाँ होइन । जनताको करबाट तलब खाएर उल्टै जनताबाटै घुस खाने प्रवृतिको शिकार सर्वसाधारण भइरहेका छन् । कर्मचारी पाल्न आफ्नो कमाईबाट कर पनि तिर्नुपर्ने र कामको लागि कार्यालय पुग्दा फेरि घुस दिनुपर्ने अवस्था यहाँ छ । जति भाषण […]

एमालेबाट मन्त्री बन्नेहरुको नाम सार्वजनिक ! को-को छन् लिस्टमा ?

काठमाडौं, २ चैत । प्रमुख सत्तारुढ दल एमालेबाट मन्त्री बन्नेहरुको नाम छनौट गर्न अध्यक्ष केपी ओलीलाई धौधौ भएको छ । आकांक्षी धेरै भएपछि अाेलीले नेताहरूको नामका बारेमा अन्तिम टुंगो लगाउन सकेका छैनन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले युवा नेताहरूलाई मन्त्रिपरिषदमा स्थान दिने तयारी गरेको एमाले उच्च स्रोतले बतायाे । एमालेबाट लालबाबु पण्डित, थममाया थापा, […]