उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

काठमाडौं, ३ चैत ।

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदका लागि अरु कसैको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा हुनेछ ।

दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुन वाम गठबन्धनको तर्फबाट उपराष्ट्रपति भएका हुन् । यसअघि राष्ट्रपतिमा वाम गठबन्धनकै तर्फबाट विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकी छन् ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन ।

Loading...