एनआरएनहरू अब नेकपाको सदस्य हुन नपाउने, नागरिकता पनि खारेज गरिने

काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन) लाई नेकपाको सदस्य हुने बाटो बन्द गरेको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ । तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि […]

दलाल पुँजीवादी सत्ता रहेसम्म युद्ध र क्रान्ति अनिवार्य छ : विप्लव

रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय कुरा हो । तर केपी सरकारले जुन दमन गरिरहेको छ यो दमन गर्नुको खास कारणले कस्तो […]

पचास करोडको आयोजनामा २५ करोड अनियमितता

काठमाडौं, २८ असार । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना […]

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा […]

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता

काठमाडौं । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा […]

दुर्गाथलीमा २ जना मृत भेटिए, कसरी घट्यो घटना ?

बझाङ ।  जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथलीगाउँपालिका बडा नम्बर २ को मैरीबगरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । बुधवार सात बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक ऋषिराम कडेले बताए […]

बीबी एयरेवजले पायो पुन: उडान अनुमति, पार्किङ शुल्क एक करोड तिर्न बाँकी

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । इजाजतपत्र खारेज भएको पाँच वर्षपछि फेरि बीबीको अनुमति पाएको हो। मन्त्रिपरिसदको निर्णयले असार १ गते बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय भएको हो। बीबीले मन्त्रालयमा पेस गरेको व्यवसायिक योजनालाई मुल्यांन […]

सुनतस्करीमा पत्रकारको पनि सम्लग्नता भेटियो, एक पत्रकार पक्राउ, को को छन निगरानीमा

काठमाडाैं, २७ असार । सुन तस्करीमा काे काे सम्लग्न छन भन्ने रहस्यकाे पर्दा झन झन खुल्दै गएकाे छ । राजनीतिक दलका उच्च नेताहरुदेखि , सुरक्षा निकायका उच्च अधिकारीहरु, व्यवसायीहरु धेरैकाे तस्करीमा सम्लग्नताकाे अाशङ्का गरिएकाे छ । यसैक्रममा सुनतस्करीमा पत्रकारकाे समेत सम्लगन्ता रहेकाे खुलेकाे छ । एक पत्रकार तस्करीकै अाराेपमा पक्राउ समेत परेपछि उक्त अाशंका झन […]

ओली-प्रचण्ड पार्टीका वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन् । नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनीहरू […]

९ वर्षदेखि वेपत्ता सुनकेशरी फर्केर अाएपछि परिवारमा खुसी

काठमाडाैं । नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् । बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द […]