यसरी भइरहेछ जाजरकोटमा लाखौ क्वीन्टल बहुमुल्य जडिबुटीको तस्करी

जाजरकोट, ७ माघ । बहुमुल्य सेतोचिनी (खिर्याङलो) लगायतका जडिबुटीहरुको जाजरकोटबाट चोरी निकासी गर्ने क्रम निकै बढेको छ । जिल्लाबाट सरकारी लाखाै क्वीन्टल जडिबुटी धमाधम चाेरी निकासी भइरहे पनि प्रशासनले भने त्यति वास्ता गरेकाे देखिदैन । प्रशासनकाे माैनसमर्थन रहेकाे जस्ताे देखिने र भित्रभित्रै मिलेमताे भएकाे पनि हुनसक्ने स्थानीयकाे शंका छ । याे केसमा लहराे तान्दा पहराे […]

गाउँ कुना कन्दरामा पत्रकारिता नपुर्याइएसम्म सामाजिक रुपान्तरण बलियो नबन्ने

बाँके, ७ माघ । नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले जिम्मेवार पत्रकारिता अाजकाे अावश्यकता भएकाे बताएका छन् । पत्रकारिता जहिले पनि कमजाेर नागरिककाे अावाज रहेकाे र याे सामाजिक परिवर्तनकाे बलियाे हतियार रहेकाे चर्चा गर्दै उनले यसलार्इ केही राजनीतिक र अार्थिक शक्तिकेन्द्रहरुले जहिले पनि अाफ्नाे नियन्त्रणमा लिन हर प्रयत्न गरिरहेकाे बताए । नेपालगञ्जमा गुडलिङ्क मिडिया […]

नक्कली कागजात पेश गरेर चौधरी ग्रुपले विभिन्न ठाउँमा व्यवसाय सुरु गरेको खुलासा

काठमाडौं, ६ माघ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका संघीय सांसद् विनोद चौधरीले स्वदेशलगायत विदेशमा समेत नक्कली कागजात प्रयोग गरी अवैधरुपमा लगानी गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन् । चाैधरी ग्रुपका अध्यक्ष चौधरीले स्वदेशमा सरकारी उच्च कर्मचारी र विदेशमा नेपालबाट बनाएको नक्कली विवरणको कागजात पेस गरेर अर्बौँको लगानी गरेको पाइएसँगै पछिल्लो समयमा चौधरीको लगानीमा रुवाण्डामा […]

व्यापार घाटा साढे पाँच खर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो […]

शान्तिपूर्ण समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण

काठमाडौं, ५ माघ । शान्तिपूर्ण समाज निर्माणका लागि पत्रकारिता क्षेत्रबाट निर्वाह हुनसक्ने भूमिकाका विषयमा राजधानीमा छलफल भएकाे छ । नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु सहभागी भएकाे मिडिया फाेरममा उक्त छलफल भएकाे हाे । विश्व शान्तिका लागि काम गरिरहेकाे काेरियाली संस्था एचडब्लुपिएलकाे पहलमा काठमाडाैंमा भएकाे मिडिया फाेरममा विभिन्न मिडियाका सम्पादक तथा पत्रकारहरुले नेपालमा शान्तिकाे मुद्दा निकै […]

स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी

    काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला सोमबार बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।  श्री माधव नारायण स्वस्थानी […]

साइबर अपराध नियन्त्रण गर्न कडा कानुन ल्याउँदै सरकार, १ करोड जरिवाना १५ वर्ष जेल

काठमाडाैं, ५ माघ । सरकारले साइबर अपराध सम्बन्धि थप कडा कानुन ल्याउन लागेकाे छ । त्यस्ता कार्यमा जाेडिने व्यक्तिलार्इ एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने प्रावधान नयाँ ल्याउन लागिएकाे कानुनमा उल्लेख गरिएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सूचना प्रविधि ऐन, २०७५’ नाम दिइएकाे विधेयक तयार गरिसकेकाे छ । साे विधेयकमा देशको […]

संसदमा प्रधानमन्त्री र सांसदहरुको कडा सवालजवाफ, १० सांसदको सिधा प्रश्न प्रम ओलीको घुमाउरो उत्तर

काठमाडाैं । संघीय प्रतिनिधि सभाकाे बैठकमा सरकारका विभिन्न कामकाजबारे प्रधानमन्त्री र सांसदहरुबीच कडा सवालजवाफ चलेकाे छ । प्रधानमन्त्रीसँग सवालजवाफ कार्यक्रम राखिएपछि १० जना सांसदले अाेलीलार्इ कडा प्रश्न साेधेका हुन् । संघीय संसद्मा पहिलोपटक सांसद र प्रधानमन्त्रीबीच यसरी प्रत्यक्ष सवालजवाफ भएकाे हाे । प्रतिनिधिसभा नियमावली ०७५ अनुसार नियमावली पारित भएको सात महिनापछि प्रधानमन्त्री केपी ओलीसँग सांसदले […]

कन्हैया कुमार विरुद्ध १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता

नयाँदिल्ली । जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ । आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही नारा लगाएको भन्दै त्यसको तीन वर्षपछि १२ सय पृष्ठ लामो अभियाेग […]

पत्रकार महासंघले सञ्चार गृहमा मागपत्र बुझाउँदै

माघ ४, काठमाडौं । नेपाल पत्रकार महासंघ श्रमजीवि हित प्रवद्र्धन समिति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौतिबारे शुक्रबार अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन नगरेको भन्दै महासंघले न्यूनतम पारिश्रमिक निर्धारण […]