गाउँ कुना कन्दरामा पत्रकारिता नपुर्याइएसम्म सामाजिक रुपान्तरण बलियो नबन्ने

बाँके, ७ माघ । नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले जिम्मेवार पत्रकारिता अाजकाे अावश्यकता भएकाे बताएका छन् । पत्रकारिता जहिले पनि कमजाेर नागरिककाे अावाज रहेकाे र याे सामाजिक परिवर्तनकाे बलियाे हतियार रहेकाे चर्चा गर्दै उनले यसलार्इ केही राजनीतिक र अार्थिक शक्तिकेन्द्रहरुले जहिले पनि अाफ्नाे नियन्त्रणमा लिन हर प्रयत्न गरिरहेकाे बताए ।

नेपालगञ्जमा गुडलिङ्क मिडिया प्रा.लि. ले अायाेजना गरेकाे सात दिने पत्रकारिता तालिम उदघाटन गर्दै उनले पत्रकारितालार्इ भ्वाइस अफ द भ्वाइसलेस भनेर भन्ने गरिए पनि बाेल्न सक्छ र बाेल्छ उसकाे मात्र अावाज बनेकाे बताए । राष्ट्रिय ब्राेडसिट मिडियाले राजनीतिक र अार्थिक क्षेत्रका उपल्लाे तहका विषयवस्तुमात्र उठाउने गरेकाे भन्दै ८० प्रतिशतभन्दा बढी कुन नेता वा कुन शक्तिशाली व्यक्तिले के भन्ने भन्नेमा नै केन्द्रित हुने गरेकाे बताए । पत्रकारिता कि त राजनीतिक र अार्थिक शक्तिकाे गुणगान गाएर त्यही वरिपरि घुम्ने गरेकाे कि त त्यसकाे अालाेचना गरेर फेरि त्यतै फर्कने गरेकाे उनले बताए । उनले नेपालकाे पत्रकारिताले कमजाेर जनताकाे, गाउँ कुना कन्दराकाे अावाजलार्इ कहिले पनि प्राथमिकता नदिएकाे भन्दै जबसम्म पत्रकारिता कमजाेर जनताकाे वास्तविक अावाज बन्दैन र कुनाकन्दराका गाउँतिर पस्दैन तबसम्म सामाजिक रुपान्तरण बलियाे बन्न नसक्ने उनले बताए ।

तालिमको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले पत्रकारिता पेशालाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताए । उनले क्षमतावान पत्रकारहरुकाे खाँचाे रहेकाे बताउँदै पत्रकारले अाफ्नाे क्षमता नमाझीकन याे क्षेत्र बलियाे नबन्ने बताए ।

पत्रकारबाट नागरिकले ठुलो आशा राखेको बताउँदै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले भने, ‘हाम्रो टोलमा खानेपानी पुगेन, सिंचाई कुलो पुगेन, विजुलीका पोल पुगेन भनेर पत्रकार महासंघमा उजुरी आउन थालेका छन्, हुँदा हुँदा अदालतले गरेको फैसलामा चित्त बुझेन भने अदालतले निष्पक्ष न्याय दिन सकेन भनेर महासंघमा निवेदन आउन गरेका छन्, महासंघ यद्यपी उजुरी बुझ्ने निकाय नभएता पनि नागरिकले पत्रकारवाट गरेको अपेक्षा र विश्वसनियता यति धेरै छ ।’ पत्रकारितामा नयाँ र पुरानो, सिनियर र जुनियर भन्ने नहुने बताउदै अध्यक्ष थारुले बदलिएको परिस्थितिलाई नेतृत्व गर्न सक्ने गरि पत्रकारहरुले आफ्नो क्षमतालाई माथि उठाउनु पर्ने र अध्ययनलाई बढाउनुपर्ने बताए ।

“सक्षम पत्रकार उत्पादन तथा पत्रकारीतामा फरकधारको अभ्यास” गर्ने उदेश्यले ७ दिने पत्रकारिता तालिमको आयोजना गरिएको गुडलिंक मिडिया प्रा.लि.का संचालक तथा कुशे न्यूज डटकमका सम्पादक भौतिक मल्लले बताए । ७ दिनसम्म सञ्चालन हुने पत्रकारिता तालिमको मुख्य प्रशिक्षक प्रभात चलाउने रहेका छन् भने, सहायक प्रशिक्षकमा सुरज प्याकुरेल, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष दिपबहादुर घर्ती, राष्ट्रिय समाचार समितिका हेमन्त केसी लगायत रहेका छन् । तालिममा ३२ जनाकाे सहभागिता रहेकाे अायाेजकले जानकारी दिएकाे छ ।

Loading...