काठमाडौं, ४ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपाल बिहानैदेखि ठप्प बनेको छ । बिहानी सेवामा चल्ने लामो तथा छोटो दुरीका यातायात, स्कुल, कलेजहरु ठप्प छन् । नेकपाले नेता किरण राईसहित ८ नेताहरुलाई गिरफ्तारी गरी झुटठा मुद्दा लगाएको भन्दै त्यसको खारेजी र नेताहरुको रिहाईको माग गर्दै मंगलबार पूर्वी कमान्ड बन्द आव्हान […]
समाचार
भारतीय दुतावासमा बम विस्फोट, यस्तो छ क्षतिको विवरण
काठमाडौं, ३ बैसाख । अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा बम बिस्फोट भएको छ । सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम विष्फोट भएको हो । साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको छ । मोरङ प्रहरीले बम विष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको जानकारी दिएको छ । मोटरसाइकलमा […]
मालपोत, नापीदेखि भूमिसुधार कार्यालय खारेज, तर अझै मानेनन कर्मचारीले छोड्न
काठमाडाैं । औपचारिकरूपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले स्थानीय तहलाई हस्तान्तरण गर्न भने अझै केही समय लाग्ने भएको छ। सरकारले गत चैत २८ गते बुधबार जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरू औपचारिकरूपमा खारेज गरेको थियो। खारेज गरिएका कार्यालयहरूमा जिल्लास्थित मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, वन कार्यालय, […]
सरकारले सगरमाथासहित हिमाली क्षेत्रको राजश्व उठाउने जिम्मा सुम्पियो एनजिओलार्इ
काठमाडाैं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ । सगरमाथा प्रदुषण नियन्त्रष समिति नाम एनजीओलाई बर्षौदेखि हजारौँ डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को […]
प्रम ओलीलार्इ टेरेनन कर्मचारीले, ओली कडीकडाउ भाषणमा, कर्मचारी अटेर गर्दै धमाधम विदेशतिर
काठमाडाै । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक […]
यसरी सुरु गरियो भर्ना अभियानको सुरुवात, भर्नाका लागि प्रधानमन्त्रीदेखि कलाकारसम्म परिचालन
काठमाडाै । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले […]
सिन्डिकेट सरकारकै बढी, ट्याक्सी दर्ता गर्न सरकारी सिन्डिकेट तोडिएन
काठमाडाै । यातायात व्यवसायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपूर्ण साधन ट्याक्सीमा भने सरकार आफैले सिन्डिकेट गर्दै आएको छ । सिन्डिकेट अन्त्यका लागि अन्य सार्वजनिक यातायातको रुट पर्मिट सबैलाई सहजै उपलब्ध गराउने घोषणा गरेको सरकारले साविकको बागमती अञ्चलमा चाहनेलाई ट्याक्सी दर्ता गर्न नदिई सिन्डिकेट […]
१५ जनाको ज्यान लिने चितवनको ‘ध्रुबे हात्ती’ भेटियो
चितवन, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा अातंक मच्चाएर एकाएक गायव भएकाे ध्रुवे हात्ती पाँच वर्षपछि भेटिएकाे छ । १५ जनाकाे ज्यान लिएकाे ध्रुवे हात्ती पाँच वर्षयता कतै देखिएकाे थिएन । आतंकको पर्याय नै बनेको ‘ध्रुबे’ नामको जंगली भाले हात्ती आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएकाे हाे । तर, यसपटक ध्रुवे पहिलाे जस्ताे हिंस्रक नभएकाे […]
सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावादमा मुलुक हिडेको एमाले नेता भुषालको टिप्पणी
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने […]
भीआर्इपीले यसरी गरेका छन सुरक्षा र राज्यस्रोतको चरम दुरुपयोग
काठमाडौं, १ बैसाख । पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौं सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् । राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौं सुरक्षाकर्मी पहुँच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था […]











