एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या

काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् ।

नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए ।

आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । एमए अन्तिम वर्षका छात्रको आत्महत्याबारे शुक्रबार दिउँसो थाहा भएको हो ।

ऋषि जे. थोमस नाम गरेका छात्रले मृत्युअघि प्राध्यापकलाई लेखेको इमेलमा मृत्यु बारे जान्ने इच्छा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘धेरै दिनदेखि मलाई मृत्युलाई वास्तविक रुपमा देख्ने मन थियो ।’

मृत्युको रहस्य जान्नका लागि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । मानिस कसरी मर्छ र मृत्यु कसरी आउँछ ? भन्ने जान्नका लागि उनले आत्महत्या गरेको हुन सक्ने इमेलमा लेखिएको कुराबाट आँकलन गर्न सकिने प्रहरीको भनाई छ ।

Loading...