प्रदेश २ मा मधेशी मन्त्री र सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश २ मा झट्का लागेको छ । उनले प्रदेश सभाको बैठकमा सम्बोधन सुरु गर्नुअगावै प्रदेश–२ सरकारमा आवद्ध केही मन्त्री र सांसदहरुले विरोध गरेका छन् । प्रदेश सभाको बैठक सुरु हुनासाथ एकजना मन्त्रीले ओलीको विरोधमा बोल्न खोजेका थिए । तर सभामुखले बोल्न दिएनन् । त्यसपछि अर्को सांसदले बोल्न खोजे, उनले पनि […]

मुलुकी ऐनको नयाँ संस्करणले प्रेस र अभिव्यक्ति स्वतन्त्रता हरण गरेको भन्दै व्यापक विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकोले सोसम्बन्धमा सरोकारवाला निकायहरुसंगको छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहितामा विभिन्न सकारात्मक विषयहरु रहे पनि […]

अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने

काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ । विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान […]

अफिस समयमा चलाउनै नपाइने उर्दी जारी गरिएका सरकारी कार्यालयमा अब फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं, २ भदाै । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि […]

अन्ततः मानव अधिकार आयोगको गाडीबाटै प्रकाण्ड पुनः गिरफ्तार, प्रहरीले यसरी खोसेर लग्यो

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । लगातार ५ घण्टाको धर्नापछि प्रहरीले राति ९ बजे अदालत परिसरबाटै प्रकाण्डलाई राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट खोसेर गरिफ्तार गरेको हो । करिब ७/८ सयको संख्यामा खटिएको प्रहरीले प्रकाण्ड चढेको राष्ट्रिय मानवअधिकार आयोगको गाडी नै सर्वोच्च परिसरमा घेराबन्दीमा पारेको थियो । आयोग र प्रहरीको […]

प्रकाण्डलाई पुनः गिरफ्तार गर्न ४ घण्टादेखि सर्वोच्चबाहिर प्रहरीको धर्ना, आयोगको टोली सर्वोच्च पुग्‍यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न प्रहरीले ४ घण्टादेखि सर्वोच्चबाहिर धर्ना दिएको छ । सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ गर्ने योजनाका साथ प्रहरी भने अपरान्ह ४ बजेदेखि यो समाचार तयार पार्दासम्म अदालतबाहिर बाक्लो सङ्ख्यामा खटिएको छ। प्रहरीले यस्तो तयारी गरेको सुचाना थाहा पाएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) […]

प्रकाण्डसँगै गिरफ्तार परेका आचार्य र श्रेष्ठ रिहा

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेको हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्चको आदेशमा उनीहरु रिहा भएका हुन् । अाचार्य र श्रेष्ठ हिडेर बबरमहलबाट अाफ्नो गन्तव्यतिर लागेका छन् । सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई पनि रिहाईको आदेश दिएको थियो तर, प्रहरीले पुनः गिरफ्तारीको तयारी गरेको छ । सर्वोच्चको गेटमा करिब […]

२३ जना सवार बस दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं । इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ । त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो । मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक […]

सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा

काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे । चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख […]

प्रधानमन्त्री ओलीको यस्तो आश्चर्यजनक अभिव्यक्ति सुनेर गाउँपालिका महासंघको टोली हैरान

काठमाडौं । ‘खोलामा बाढी आउँदा मान्छे तर्न सक्दैनन्, तार्दिन्छौँ भन्दै मान्छे आउँछन्, काँधमा बोकेर तारेर पैसा लिन्छन् । सरकारले के गर्ने ?’ प्रधानमन्त्रीले निःसंकोच भन्छन् । तर, खोला तर्न पुल छैन र पैसा तिरेर मान्छेको काँध चढेर खोला तर्नुपर्छ भने सरकार किन चाहिन्छ ? आश्चर्य ! यिनै प्रधानमन्त्रीले कम्तीमा झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडेका […]