खानेपानी उपभोक्तालाई दुई करोड ऋण !

काभ्रेपलाञ्चोक, २२ साउन । पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता […]

ब्यस्त चोकबाट लाखौँको धनमाल चोरी

बर्दिवास, २२ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो । राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको […]

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ साउन । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/७५ मा आठ […]

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, २२ साउन । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको […]

प्रदेश नम्बर २ बाट एकजना पनि अस्थायी शिक्षक विस्थापित नहुने

२२ साउन, काठमाडौं । प्रदेश नम्बर २ बाट एक जना पनि अस्थायी शिक्षक विस्थापित नहुने भएका छन् । प्रदेश सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबिच यस्तो सहमति भएको हो । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, कानूनमन्त्री ज्ञानेनद्र कुमार यादव र आन्दोलतरत अस्थायी शिक्षकहरु बीच भएको वार्तामा २० दिनभित्र अस्थायी शिक्षकको माग पुरा […]

वायु सेवा निगम सुधार्न कार्यदल गठन, राष्ट्रिय ध्वजावहाकको सुध्रेला त छबि !

२२ साउन, काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरको) बुधवारको निर्णयअनुरूप पूर्व पर्यटनसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा लेखा विज्ञ (चार्टर एकाउण्टेण्ट) […]

भारत र पाकिस्तान उच्चतम जल सङ्कट क्षेत्र, नेपाल पनि खतरामा

२२ साउन, एजेन्सी । जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ । विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ। पानीको कमीको कारण लाखौँ मानिसहरू विस्थापित हुनसक्ने र द्वन्द्व एवम् राजनीतिक अस्थिरताको कारण हुनसक्ने बताइएको छ। […]

रहस्यमय बन्दै पत्रकार पुडासैनीको मृत्यु !

२२ साउन, चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ […]

बालुवाटारमा भिषण आगलागी

२२ साउन, काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिए । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उनले भने । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले जानकारी दिए […]

कश्मीर तनाव: पाकिस्तानले भारतको ‘अवैध’ कदमविरूद्ध लड्ने

२२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने कसम खाएका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताएका छन् । खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्। भारतले विशेष हैसियत रद्ध गरेसँगै उक्त […]