ट्रम्पलाई भेट्न किम जोङ–उन फेरि तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ। ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ । ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर तय भएको हो । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति […]

संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्ने दायित्त्व हाम्रो- मेयर शाक्य

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले संस्कृतिलाइ गहनाको रुपमा संरक्षण गर्नुपर्ने र यो सबैको दायित्त्व  भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका २३ वडा ओमबहालमा जीवन्त संस्कृति संरक्षण समाजको आयोजनामा शनिबार भएको परम्परागत बाजा गुरु सम्मान कार्यक्रममा मेयर शाक्यले उक्त धारणा व्यक्त गरेका हुन । उनले संस्कृति संरक्षणको लागि महानगरपालिकाले नियमित सहयोग […]

सर्लाहीमा फेरि दिनदहाडैं चल्यो गोली, स्थानीय आतंकित

सर्लाही, १४ असार । विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्जार्ज कुमार पौडेलको गोली लागि मृत्यु भएको दुई साता नबित्दै फेरि एक जना माथि गोली प्रहार भएको छ । गोली कसले चलाएको भन्ने यकिन भएको भने छैन । गोली लागि एक मजदुर घाईते भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा शनिवार अज्ञात समूहको गोली प्रहारबाट एकजना […]

महिलाहरू पुरुषबाट भन्दा महिलाहरुबाट नै पीडित भएको मेयर प्रसाइको प्रस्टोक्ति

सर्लाही । सर्लाहीको हरिवनमा दाइजो प्रथा विरुद्ध १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। हरिवन नगरपालिकाको आयोजनामा ग्रामिण स्वयंसेवक समाजको सभा हलमा नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय प्रदेश दुई का साथै तराईका जिल्लाहरुमा बढ्दै गएको दाइजो प्रथालाई रोक्न र त्यस्ता गलत कार्यको न्युनिकरणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको […]

सांसद सन्चमायाका कारण समुदायमा हाइसन्चो, कतै पानी त कतै छाना

सर्लाही । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन नपाका अत्रौली र सासापुरबासीले अब भने पानीको समस्याबाट राहत पाएका छन । दिन प्रतिदिनको सुख्खा मौसमसगै चर्को घामका कारण पानीको मुहान समेत सुक्दै गएर बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन- १ भोक्टिनी र हरिवन- ४ सासापुरबासीलाई प्रदेश सांसद संचमाया मोक्तानको संसदीय विकाश कोषबाट डिप बोरिङ्ग र समरसियल […]

सरकारको योजनामा विद्यालयको साथ्

काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो । सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा […]

इन्जिनै छुट्टिने गरि बीच सडकमा भयानक दुर्घटना

१४ असार, काठमाडौं ।  शनिबार बिहानै  कान्तिपथ सडकमा निकै नै अपत्यारिलो दृश्य देखेर जोकोही निकै अचम्मित भए ।   होटल एलो प्यागोडा अगाडि एउटा कार इन्जिन छुट्टै गाडी छुट्टै सडकमा उल्टो घोप्टिएर रहेको अवस्थामा पाइयो । निकै ठुलो दुर्घटना भएको सहजै अनुमान लगाउन सकिने यो दुर्घटनामा कार चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । […]

गुथी बिधेयक फिर्ता पछि खबरदारी र्ह्याली गर्दै गुठियार

काठमाडौँ,१३ असार  । सरकारले गत मंगलबार राष्ट्रिय सभाबाट गुठि बिधेयक फिर्ता लिईसकेता पनि नेवार समुदाय , गुठियारले आफुहरुको आवाज दबाउन अझै षडयन्त्र हुनसक्ने भन्दै खबरदारी जरुरि रहेको बताएको छ । गुठि बिधेयक बिरुद्द संघर्ष गर्न बनेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले नेवार समुदायको पहिचान गुठि र स्वाधिनताको लागि निरन्तर संघर्ष गर्दै जाने बताएको हो । […]

दक्षिण अफ्रीकासंग श्रीलंका सहजै पराजित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले आफ्नो आठौँ खेलमा आफ्नो दोश्रो जित निकालेको छ। सेमीफाइनल दौड बाट दक्षिण अफ्रीका बाहिरीसकेको दक्षिण अफ्रीकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो। हार पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंक […]

सडक प्रयोग कर्ताले दैनिक व्यवहार परिवर्तन गरे ट्राफिक जाम हट्छ -महानिरीक्षक खनाल

    असार १३ , काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार तथा ट्राफिक जाम व्यवस्थापनका लागि आम सर्वसाधारण ,सडक प्रयोग कर्ताले दैनिक व्यवहार परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। समुदाय-प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण र सुरक्षित समाजका लागि सडक सभ्यता अभिवृद्धि एवम् सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायको भूमिका तथा तीन महिने […]