चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न 

      पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वाेत्कृट प्रतियाेगीका लागि २४ इन्चकाे […]

भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल […]

नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको अवसर गुम्ने अवस्था सिर्जना भएको हो । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, […]

सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, २ को मृत्यु

सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानकाे भाट खोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । बस सडकबाट करिव डेढ सय मिटर तल खसेकाे स्थानीयले जनाएका […]

दाहसंस्कारका लागि पशुपतिमा वार्षिक बीस लाख केजी दाउरा खपत

काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ […]

अब थारु बस्तीमा पशुपक्षीकाे बलि दिए कडा सजाय गरिने

कञ्चनपुर, ८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले […]

अमेरिकामा लुटेराहरुद्वारा गोली हानी एक नेपालीको हत्या

काठमाडौ, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा […]

माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

काठमाडौँ, ८ माघ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट […]

अब अनलार्इनबाटै प्रेस काउन्सिलमा उजुरी दिन सकिने

काठमाडौं, ७ माघ । प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले प्रणालीको उदघाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै काउन्सिलले महत्त्वपूर्ण […]

नेपालमै बन्यो यस्तो चीनको जस्तै खतरानाक पुल, भिर खोपेर पुल निर्माण (फोटोफिचर भिडियाे सहित)

गाेरखा । उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो । यारु बगरमा बनेको पुल एक सय ९५ मिटर लामो छ । चुमनुव्रीको सर्दिभिरमा निर्माण गरिएको पुल ९० मिटर लामो छ । मनास्लु पदमार्गको यारु […]