सल्यानमा अर्को यात्रुवाहक बस दुर्घटना, २ को मृत्यु

सल्यान, ८ माघ । सल्यानमा यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । सल्यानकाे त्रिवेणी-६, भाटखाेलामा भएकाे बस दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे जानकारी अाएकाे छ ।

रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबाहक बस सल्यानकाे भाट खोलामा पुगेपछि दुर्घटनामा परेकाे हाे । बस सडकबाट करिव डेढ सय मिटर तल खसेकाे स्थानीयले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी भरत विकले घटनास्थलमा प्रहरी पुगिसकेकाे र उद्धारकार्य जारी रहेकाे जानकारी दिएका छन् । उनले घटनाकाे थप विवरण केहीबेरमा अाउने पनि जानकारी दिए ।

Loading...