काठमाडौँ, ७ माघ । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा तीनजना सदस्य नियुक्त गरेको छ । सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार […]
समाज
चिसोमा कठ्याङ्ग्रिएर रौतहटमा मात्र २४ को मृत्यु
राैतहट, ७ माघ । रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए । पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने […]
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, राजपा र संघीय फोरम मिलेर वामगठबन्धनलार्इ तह लगाउने
काठमाडाैं, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार […]
देउवालार्इ धम्क्याउँदै सिलवालले भने सकिन लागेका बेला प्रतिशोध साध्ने नौटङ्की नगरेहुन्छ
काठमाडौं, ५ माघ । ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद नवराज सिलवालले सरकारलार्इ चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेर सकिने बेला प्रतिशाेध साध्ने नाैटङ्की नगर्न चेतावनी दिएका हुन् । उनले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको आरोप पनि लगाएका छन् । साथै उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका […]
जवानले प्रहरी चौकीभित्रै गोली प्रहार गरेपछि ९ प्रहरीको मृत्यु
काठमाडौं, ५ माघ । अाफ्नै सहकर्मीको गोलीबाट ९ प्रहरीको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी अधिकारीहरुमाथि अन्धाधुन्दा गोली हानेका थिए । प्रहरी चौकीमै भएको घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय […]
दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत
दोलखा, ५ माघ । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका […]
दुई रुखको जराको बीचमा ४५ वर्षीय पुरुषको शव फेला
कञ्चनपुर, ५ माघ । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ । दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी […]
प्रधानमन्त्री देउवाको डमी शव बनाएर अन्तिम संस्कार गरियो
डोटी, ४ माघ । डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम संस्कार गरेका छन् प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै आन्तोलानरत जिल्लावासीले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सब यात्रा निकालेका हुन् । लामो समयदेखि आन्तोलनरत डोटी बासीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका थिए । बुधबार सरकारले प्रदेश ७ को मुकाम राजधानी धनगढी […]
व्यापक विवाद भएपछि धनगढीमा ‘छ लेन’ सडक निर्माण कार्य एकाएक रोकियो
धनगढी, ४ माघ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ । विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाविना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घर धनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक […]
देशव्यापी आन्दोलनमा उत्रेका नर्ससँग वार्ता गर्न सरकारी समिति गठन
काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय […]











