भद्रपुर, १४ माघ । खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रूपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । […]
समाज
वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार
मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]
ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा
एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । सुरुमा फोन लागिरहेको थियो […]
१ करोड २५ लाखको रातो गुलाफ आयात
काठमाडौँ – यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख […]
दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला, कारवाहीको प्रक्रिया बढ्ने बित्तिकै उठ्यो ५० लाख
काठमाडाैं, १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको […]
माथिल्लो त्रिशूलीसँग प्राधिकरणले गर्यो डलरमा पिपिए सम्झौता
काठमाडौँ, ११ माघ । नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने उल्लेख गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी […]
अब ६५ वर्षमै बृद्ध भत्ता दिइने
काठमाडाैं, ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ। अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ […]
सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी
काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]
हिमाली भेगमा उच्च हिमपात, पश्चिमी भेगको जनजीवन प्रभावित
बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात […]
छाउ भएको बेलामा शिक्षक नै जादैनन् स्कूल : कर लगाए जागिर छोड्ने चेतावनी
अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो […]











