काठमाडौं र पोखरामा जापानी फिल्म फेस्टिभल हुँदै

काठमाडौं, १७ माघ । राजधानी काठमाडाैंमा जापानी फिल्म फेस्टिभल हुने भएकाे छ । काठमाडाैंसँगै पाेखरामा पनि हुन लागेकाे याे फेस्टिभल नेपालस्थित जापानी दुतावाससहितका जापानी संस्थाहरुले गर्न लागेका हुन् । जापानी दूतावास, जापान फाउन्डेसन र जापानिज टिचर्स एसोसिएसन नेपालले अायाेजना गर्न लागेकाे फेस्टिभल फेब्रुअरीमा हुने बताइएकाे छ । जापानी समाज, संस्कृति र जीवनशैली बुझन् चाहनेका लागि […]

ल्याण्डमार्क होटेलमा युवती लिएर ‘सामूहिक बलात्कार’ गर्ने प्रहरीकै जिम्मामा सुटुक्क छाडेको खुलासा

Rape

काठमाडाैं‌, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तमा राखिएका […]

यस्ताे छ प्रचण्डलाई लेखिएको भाइरल कविता

काठमाडाैं, १६ माघ । केही दिनदेखि सामाजिक संजालमा एउटा कविता भाइरल नै बनेको छ । जुन कविता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखिएको छ । जुन माओवादी आन्दोलनमा लागेका र साहनुभूती राख्नेहरुको फेसबुकको वालमा भेटिन्छ । कविता कसले लेखेका हुन् कसैको नाम छैन । तरपनि कविता जनयुद्धमा लामबद्ध एउटा सिपाहीले लेखेको कुरा भावबाट बुझ्न सकिन्छ । […]

अब घरमै बसेर विश्वविद्यालयको डिग्री

काठमाडाैं, १६ माघ । अब घरमै बसेर विश्वविद्यालयकाे डिग्री पाइने भएकाे छ । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले घरमै अध्ययन गरेर पीएचडीसम्मको डिग्री लिन पाउने भएका हुन् । नेपाल खुला विश्वविद्यालयले अब प्रविधि प्रयोग गररेर डिप्लोमादेखि पीएचडीसम्मको डिग्री दिने घरमै पढेर लिन पाउने व्यवस्था गरेकाे छ। याे विश्वविद्यालय नेपालमा पहिलाे पटक स्थापना […]

डाक्टरले यस्तोसम्म गर्छन लापरवाही स् सुत्केरीको गुप्ताङ्गमा प्याडसहित टाँचा लगाइयो

पर्वत, १६ माघ । पर्वतमा एक सुत्केरीकाे गुप्ताङ्गमा डाक्टरले प्याडसहित टाँचा लगाइदिएकाे थाहा भएकाे छ । अस्पतालले गरेकाे यस्ताे लापरवाहीप्रति अहिले स्थानीय अाक्राेशित भएका छन् । पटकपटक अस्पताल र चिकित्सककाे लापरवाहीका कारण कहिले बच्चा त कहिले सुत्केरी अामाकाे ज्यान जाने गरेकाे हल्ला अाइरहेका बेला पर्वतमा यस्ताे देखिएकाे हाे । पर्वतकाे जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया […]

सहिद र वेपत्ता परिवारका नाममा करोडौ ठगी गर्ने सहकारीलार्इ कडा कारवाहीको चेतावनी

पाेखरा, १५ माघ । कास्कीकाे एक सहकारीले सहिद तथा वेपत्ता परिवारकाे ठूलाे रकम ठगी गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यसबारे प्रश्न उठाएकाे छ । पाेखराकाे नयाँ बजारमा रहेकाे गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले सहिद तथा वेपत्ता परिवारकाे कराेडाै रकम ठगी गरेकाे नेकपा कास्कीले जनाएकाे छ । नेकपा कास्कीका सेक्रेटरी रूपेशले साेमवार एक विज्ञप्ती जारी गर्दै […]

दरवारमार्गमा सामूहिक रुपमा बलात्कृत युवतीको उजुरी नलिएर पीडकसँग प्रहरीले लेनदेन गरेको आशंका

Rape

काठमाडौँ, १५ माघ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो । स्रोतका […]

राजधानीमै फिल्मी शैलीमा दिउसै सात लाख ठगी

भक्तपुर, १५ माघ । भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका शेर्पाकाे ७ लाख रकम अपरिचित व्यक्तिले सजिलै लगेर हिडेपछि उनी अहिले हैरान भएका छन् । मध्यपुर […]

अदालतले दोषी ठहर गरेका गुण्डा प्रहरीको संरक्षणमा

काठमाडौं, १४ माघ । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स […]

मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु

सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय […]