२१ वर्षीय युवाले हानेका थिए गौचनलार्इ गोली, यसरी भएको थियो गौचनको हत्या

काठमाडाैं, २९ कार्तिक । राजधानीमा दिउसै गाेली हानी हत्या गरिएका व्यवसायी शरदकुमार गाैचनलार्इ गाेली हान्ने २१ वर्षीय युवक रहेेकाे खुलेकाे छ । साथै गाैचनलार्इ गाेली हान्नुअघि ढुंगा हानेर गाडी राेक्ने व्यक्ति पनि २२ वर्षीय युवक रहेकाे थाहा भएकाे छ । गाैचनलार्इ गाेली हान्ने र ढुंगा प्रहार गरेर गाडी राेक्ने दुबै व्यक्तिलार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ […]

मागे जति पैसा नदिएकै कारण गाैचनकाे हत्या 

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्या मागेजति पैसा नदिएका कारण भएकाे खुलेकाे छ । हत्यामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले यसका सबै विवरण सार्वजनिक गरेकाे छ ।  गाैचनकाे हत्यामा सम्लग्न सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको […]

बजारिया खाना नियन्त्रण नगरे नेपालमा मधुमेहको समस्या अझै बढ्ने

काठमाडौँ, २८ कात्तिक । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ । तिलगंगा आँखा अस्पतालका आँखा […]

मकवानपुरमा विभत्स घटना, अापसमा खुकुरी हानाहान हुँदा ३ जनाकै मृत्यु

मकवानपुर, २८ कार्तिक । मकवानपुरकाे मनहरीमा एउटा विभत्स घटना भएकाे छ । मनहरी गाउँपालिका वडा न‌ं. ७ मा खुकुरी प्रहारबाट ३ जनाकाे मृत्यु भएकाे हाे । घटनाका प्रत्यक्षदर्शीका अनुसार स्थानीय समील दादा भनेर चिनिने समन बराइलीले खुकुरी हानेर तीन जनाकाे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने मनहरीमा खुकुरी हानाहानकाे खबर अाएकाे र एक […]

चार डिअाइजीलार्इ मध्यरातमा किन गरियाे बढुवा ?

काठमाडौं, २८ कार्तिक । बढुवा समितिले मध्यरातमा नेपाल प्रहरीका चार डिआईजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । रातारात एआईजीका दरबन्दी थपेर चार जनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो । डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरु सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । आगामी चैतमा […]

आईजीपीदेखि अदालतसम्म सुन तस्करकाे जालाे

काठमाडाैं, २८ कार्तिक । देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तरऽ हल्ला नगरी […]

डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]

शरदकुमार गौचनको हत्या गर्ने प्रमुख सुटरसहित ५ पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र […]

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]

जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन

मलेसिया । मलेसियामा रहेका नेपाली थारु समुदाय संगठित भएका छन् । प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय समिति पनि गठन गरेकाे छ । मलेसियाकाे दाेस्राे ठूलाे प्रान्त जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन गरिएकाे हाे । दिनेश चाैधरीकाे अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय समिति गठन गर्दै समितिलार्इ मलेसियामा राेजगारीकाे शिलशिलामा अाएका थारु युवाहरुकाे सेवामा खट्ने […]