वर्षदिनमा १० हजार दुर्घटना । २ हजार नागरिकले गुमाए ज्यान

काठमाडाैं, ११ भदाै । एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन्। जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १० हजार १ सय ७८ दुर्घटना भए। ०७२–७३ मा १० हजार १३ दुर्घटना भएका थिए। चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन्। फितलो कारबाहीका कारण चालकले लापरबाही […]

सौराहामा केन्द्रीय साधारण सभा : चुनौतीसँगै अवसर

नेपाल पत्रकार महासंघको धुलिखेलमा सम्पन्न सातौँ पूर्ण बैठकले चितवनलाई केन्द्रीय साधारण सभा गर्ने स्थानको रुपमा तय ग¥यो । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न स्थानीय व्यवस्थापनका हिसाबले चितवन शाखाका लागि यो ठूलो अवसर थियो । तत्कालीन अवस्थामा जिल्ला अध्यक्षको हैसियतबाट मैले यसलाई निकै चुनौतीका रुपमा पनि लिएको थिएँ । सँगसँगै हामीले पाएको जिम्मेवारीबाट कोही भाग्दैनन् भन्ने […]

यस्तो छ कञ्चनपुरदेखि रुपन्देहीसम्म पत्रकारहरुको अवस्था

नेपाल पत्रकार महासंघले गत साउन ६ देखि ८ गतेसम्म दुईवटा मिसन सञ्चालन ग¥यो । राजनीतिक, क्षेत्रीय र जातीय मुद्दामा पटक पटक आन्दोलन हुँदा सबैभन्दा ठूलो जोखिम र सुरक्षा चुनौती पत्रकारहरुले नै सामना गर्दै आएको स्थितिमा त्यसलाई कम गर्न महासंघले थुप्रै अभियानहरु सञ्चालन गरेको छ । आन्दोलनहरु उत्कर्षमा रहेका बेला होस् वा आन्दोलनपश्चात् महासंघले पत्रकारहरुको अवस्थाका […]

एक सय वर्षपछि मगर बस्तीमा फर्कियो सोरठी

पर्वत, ८ भदौ । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने […]

ट्राफिक प्रहरीले १ लाख ४६ हजार लाइसेन्समा प्वाल पार्यो

काठमाडौँ ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ […]

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । […]

कार्की व्यापार संघको अध्यक्षमा निर्विराेध

काठमाडौँ, ८ भदौ । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित हुनुभएको छ । संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन । यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, […]

अमेरिकाको एक रेल्वे स्टेशनमा नेपाली महिलालाई धकेलेर हत्या प्रयास

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली महिलालाई अमेरिकाको एक रेल्वे स्टेशनमा हत्या प्रयास भएको छ । अमेरिकाको इस्ट भिलेज सववे स्टेशनमा ट्रेन कुरेर बसरिहेकी ४९ वर्षीय नेपाली महिला कमला श्रेष्ठलाई एक युवकले रेलको लिकमा धकेलेर हत्या गर्ने प्रयास गरेका हुन् । अमेरिकी प्रहरीले युवकले हत्या गर्ने प्रयास स्वरुप नै धकेलेको पुष्टि गरेको छ […]

बाढी र पहिरोले १८ वटा सिँचाइ आयोजनामा क्षति

सप्तरी, ७ भदौ । हालै आएको बाढीपहिरोको कारण जिल्लामा सञ्चालित विभिन्न १८ वटा सिँचाइ आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीद्वारा सञ्चालित नयाँ र पुरानो सिँचाइ आयोजना क्षतिगस्त हुँदा करिब ४० करोड बराबरको क्षति भएको छ । सिँचाइ आयोजनाका सम्पूर्ण काम समेत प्रभावित भएका छन् । कार्यालय प्रमुख अशोक साहका अनुसार […]

बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा, ७ भदौ । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण […]