काठमाडौँको आकाशमा साहाराका विद्यार्थीले यसरी आफ्नो ड्रोन उडाए (फोटो फिचर)

काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन […]

१६ वर्षीया एक किसोरीको कारुणिक कथा

बैतडी, १७ फागुन। बैतडीकी १६ वर्षीया एक युवतीलाई आमाको अनुहार कस्तो थियो थाहा छैन । उनका बुबा उनकी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए । बुबाले काम गर्ने क्रम मै भारतीय मूलकी महिलासँग बिहे गरे । भारतमै पहिलो सन्तानको रुपमा रिजा ९नाम परिवर्तन० जन्मिइन् । आमाको अनुहार समेत चिन्न नपाउँदै आमाले उनलाई […]

राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टी

पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म […]

काठमाडौं-भक्तपुर रुटमा यस्तो अचम्मको बस सेवा, भित्रै किन्न पाइन्छ यी सबै कुरा

काठमाडौँ, १७ फागुन । काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्रायः समस्या यिनै हुन् । तर आज काठमाडौ भक्तपुर […]

साहारामा अत्याधुनिक ड्रोन, दैनिक जीवनमा सहयोग गर्ने रोबोटसहित विज्ञान प्रदर्शनी

काठमाडौं, १७ फागुन । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने भएको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गर्न यो प्रदर्शनी कार्यक्रम गर्न लागेको जनाएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा वर्तमान विश्वमा निकै चर्चा भइरहेको ड्रोन र रोबोटदेखि दैनिक जीवनमा प्रयोग हुने […]

१२ वर्षपछि काठमाडौंमा हिमपात

काठमाडौं । बुधबार रातिदेखि वर्षा भएपछि काठमाडौं उपत्यकाभित्र हिमपात भएको छ । बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो । ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो । राजधानी उपत्यकाका साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ खसेको हो । यसअघि […]

जन्ती बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक किशोरीको ज्यान गयो

चितवन । जन्ती लिएर जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक किसोरीको ज्यान गएको छ । आइतवार भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय २४ वर्षिया किसोरीको ज्यान गएको हो । ज्यान जानेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षिया शिक्षा अर्याल रहेको प्रहरीले जानकारी गराएको छ । बसको ठक्करबाट घाइते अर्यालको उपचारको क्रममा निधन भएको हो ।  कालिका […]

पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित हेलिकोप्टर झरेको खुलासा

ताप्लेजुङ, १६ फागुन । पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो । सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भने, “मन्दिर क्षेत्रको मौसम बिहानै प्रतिकुल थियो, प्रतिकुल मौसमबीच हेलिकप्टर आयो र मन्त्रीज्यू लगायतले […]

चन्द्रागिरीबाट भाग्दै आएको राँगाको आक्रमणबाट नगरपालिकाका नासुको मृत्यु

काठमाडौँ, १५ फागुन । राँगोको आक्रमणबाट घाइते भएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आएका थिए । […]

सप्तरीमा यस्तो विभत्स घटना, वृद्ध दम्पतीको कोठाभित्रै जलाएर हत्या

सप्तरी, १४ फागुन । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ। साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ। अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालीम प्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ। सधैँ सबेरै […]