डडेल्धुरामा डुङ्गा ल्याएपछि ह्वात्तै बढे पर्यटक

डडेल्धुरा, १४ फागुन । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो । आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएपछि त्यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटकको […]

यसरी हुँदैछ हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन । मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त आयोजक समितिलाई सहयोग पु¥याउन विभिन्न […]

एकाबिहानै पहिरो खस्दा दार्चुलामा एकको मृत्यु

दार्चुला, १४ फागुन । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी […]

राउटेका चार मुखियालाई पहिलो पटक दिइयो सरकारी जागिर

सुर्खेत, १२ फागुन । फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् । एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई रोजगारी प्रदान […]

शिक्षक हुन आयो नयाँ मापदण्ड, ५ वर्षभित्र योग्यता पुर्याउन यस्तो नियम

काठमाडौं । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ । सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ । प्रस्तावमा वालविकास […]

यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा सञ्चालकहरू विदेश टाप !

काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबीटी […]

३५ करोड भारतीय रूपैयाँ पर्ने सर्पको विषसहित एक पक्राउ

झापा, १२ फागुन । करोडौँको मूल्य बराबरको विषालु सर्पको विषसहित नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भाररतर्फ विषालु सर्पको विष तस्करी भइरहेको अवस्थामा भारतीय प्रहरीले प्रक्राउ गरेकोे हो । काकँडभिट्टासँग जोडिएको भारतको पश्चिम बङ्गाल, दार्जिलिङ् जिल्लाको पानीठ्याङ्की बजारबाट भारतीय एसएसबी ४१ बी वटालियनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको […]

डिक्रा : जसलाई ‘वान्स मोर’ थाहा छैन…

‘जसो आपत् परे पनि ए भाउजू नरुनू दर्केर भन्दिनु मेरी आमालाई ए भाउजू मै आउँछु फर्केर…’ कोइली झैँ सुरिलो आवाज निकालेर सुदूर पश्चिमकी लोकगायिका डिक्रा बादीले ठाडो भाका हाल्दा दर्शक दीर्घाबाट ‘वान्स मोर’, ‘वान्स मोर’ को प्रतिक्रिया आइरहेको थियो । काठमाडौँमा पहिलोपटक धेरै मान्छेहरुको बीच मञ्चमा उभिएकी सामान्य साक्षर बादीलाई ‘वान्स मोर’ को खास अर्थ […]

बागलुङ दुर्घटनाका घाइतेको उपचार गर्न खर्च अभाव

बलेवा, ११ फागुन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा गत मङ्गलबार भएको पिकअप भ्यान दुर्घटनाका घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचार खर्च अभाव भएको स्थानीय जीवन पुनले जानकारी दिए । घाइतेमध्ये गम्भीर अवस्थामा अति सघन कक्षमा उपचार गराइरहेका सङ्गम श्रीस र सम्झना पुनको उपचारका लागि लखौँ रुपैयाँ […]

विषाक्त मदिरा सेवनबाट चिया बगानमा काम गर्ने १ सयभन्दा बढी मृत्यु, २०० बिरामी

आसाम । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको […]