४८ प्रतिशत लाभांश बाँड्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब […]

६४ जना इन्स्पेक्टर यसरी भए डिएसपीमा बढुवा

काठमाडाैं । नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् । गृह मन्त्रालय (सचिवस्तर) को २०७५ फागुन १९ गतेको निर्णयबाट प्रहरी इन्स्पेक्टरहरुकाे बढूवा गरिएकाे हाे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवा भएकालाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरी आइतबार दर्ज्यानी चिन्ह (फूली) लगाए । गृह सचिव प्रेमकुमार राईको अध्यक्षताको बढुवा […]

यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

नरेन्द्रसिंह कार्की दार्चुला, १९ फागुन । दार्चुलाका व्यापारीहरूको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रूपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न […]

दार्चुला जीप दुर्घटनाका ११ जनाकै शव सनाखत

कैलाली, १८ फागुन । सुदूरपश्चिमको दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ । शुक्रबार राति दार्चुलाको राताकाठा भन्ने स्थानमा जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको थियो । दार्चुलाको सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठामा पुगेपछि दुर्घटनामा परेको […]

धुर्मुस–सुन्तलीले बनाउने रङ्गशालाका लागि उठ्यो २२ लाख खुत्रुके महाअभियान सुरु

बर्दिवास । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो । फाउण्डेशनका […]

गण्डकीमा चीनले यस्तो नमूना गाई फार्म बनाउँदै

कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री […]

कर्णालीका एक लाख नागरिकको स्वास्थ्य बीमा गरियो

सुर्खेत, १८ फागुन । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् । नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले […]

लुम्बिनीमा ४९० भिक्षुले एकैसाथ लिए प्रवज्या

रुपन्देही, १८ फाुगन । बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरूले प्रवज्या लिएका हुन् । उनीहरूलाई थाइल्याण्डका भिक्षु थावरले प्रवजित गरेका हुन् । नेपालका प्रथम महासङ्घनायक ‘अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९आँै जन्मजयन्तीका […]

मुन्द्रेले मृर्गौला पिडितलाई सहयोग

काठमाडाैं । कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन्। नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका छन्। जितु नेपालको औपचारिक युट्युव च्यानल जितु कमेडीमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन्। जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री […]

साहाराका विद्यार्थीले बनाए आफ्नै ड्रोन र रोबोट

काठमाडौं । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको […]