अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

धनगढी, २६ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भन्नुभयो– “बिक्रेताले चर्को मूल्यमा […]

सडक नभत्काएर अत्याधुनिक प्रविधिबाट उपत्यकामा तार बिच्छ्याउँदै प्राधिकरण

काठमाडौं, २६ भदाै । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत् प्राधिकरणले ओभरहेड वितरण प्रणालीमार्फत तारको व्यवस्थापन गरिरहेकोमा यसले सहरलाई कुरूप बनाएको तथा दुर्घटनाको जोखिम बढाएको […]

एमबिबिएस पढ्न बंगलादेश पुर्याइएका २ सय विद्यार्थी अलपत्र

काठमाडौं, २६ भदाै । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । […]

यूएर्इ, टर्की र न्यूजिल्याण्डसँग हवाई सम्झौता हुँदै

काठमाडाैं, २६ भदाै । नेपाल सरकारले तीनवटा मुलुकसँग अन्तिम हवाई सम्झौताको तयारी गरेको छ । प्रारम्भिक हवाई सम्झौता भई नियमित उडान सेवा सुरु भइसकेका ती मुलुकसँग आगामी दुई महिनाभित्र अन्तिम हवाई सम्झौता गरिसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले जानकारी दिए । उनका अनुसार युनाइटेड अरब इमिरेट्स, टर्की र न्युजिल्यान्डसँग अन्तिम हवाई सम्झौताको तयारी […]

नेपाल अाइडल तीन प्रतिस्पर्धीका लागि यस्ताे कडा सुरक्षा

काठमाडौं, २५ भदाै । नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत […]

मापसे अभियानबाट २३ लाख कारवाही गरेर २३ करोड नै असुली

काठमाडाैं, २५ भदाै । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ठूलो जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ । याे रकम ६ वर्षको अवधिमा असुल गरिएकाे हाे । महाशाखाले मापसे अभियान चलाएकाे छ वर्ष भएकाे छ । ६ वर्षकाे अवधिमा […]

मधेशका उम्मेदवार चुलो बनाइदिने र मच्छड भगाइदिने आश्वासन दिएर भोट माग्दै

राजविराज, २५ भदाै । भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको । ‘यो नगरको स्वरूप फेर्न […]

चितवन राष्ट्रिय निकुञ्जमा गुगलको कडा आँखा

चितवन, २५ भदाै । सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ । गुगलले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अमेरिकामार्फत चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका प्रविधि जडान गर्न सहयोग गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु […]

निगमको घोटालामा अख्तियारकै भूमिका शंकास्पद

काठमाडौं, २५ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर आरोपितलाई छानबिनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । छानबिन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको […]

एकाएक घरमाथि यात्रु बस खसेपछि

नुवाकोट, २४ भदाै । काठमाडौंबाट नुवाकोट जाँदै गरेकाे एउटा बस नुवाकाेटकाे गुरुङगाउँमा पुगेपछि एकाएक दुर्घटनामा परेकाे छ । काठमाडाैकाे नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकाेटकाे खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्री बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटनामा परेकाे हाे । बस सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको […]