काठमाडौँ । काठमाडाैँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन् जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ। लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो ।आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं […]
समाज
तत्कालीन प्रधानमन्त्री ओली र जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा चलाउन सिफारिस
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज […]
इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी
तेहरान । इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ । आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ । आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति […]
कोशी प्रदेशमा २२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा रास्वपाले १५ स्थानमा विजयी
विराटनगर । कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये २२ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा सिटमा रास्वपाका उम्मेद्वाले जितेका छन् । रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लीनस्वीप गरेको छ । रास्वपापछि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म ३ सिटमा विजयी बनेको छ । एमालेले ३ र श्रम संस्कृति पार्टीले १ […]
आज ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै
काठमाडौँ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन […]
सुनसरी-१ मा अग्रता बढाउँदै हर्क साम्पाङ
काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत छ । सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार […]
काठमाडौँ– ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले […]
शहीद सम्झना दाहालको स्मृतिमा अग्रजहरुलाई सम्मान
सिन्धुली । शहीद सम्झना दाहालको ३३ को स्मृति दिवशका अवसरमा आयोजित कार्यक्रमका अवसरमा सिन्धुली जिल्लामा क्रियाशिल अग्रज संचारकर्मी सहित शिक्षक विधार्थीहरुलाई सम्मान प्रदान गरिएको छ । शहीद सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शहीदका पिता तथा वरिष्ठ पत्रकार शेषराज दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा सिन्धुली कार्यक्षेत्र बनाई विगत ३८ वर्षदेखि संचारकर्ममा क्रियाशिल पत्रकार शंकर सौगात र […]
कोशीमा रबि-बालेनलाई हर्क साम्पाङले उछिने, ६ निर्वाचन क्षेत्रमा अग्रता
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ । प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । भोजपुरमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पछि पार्दै श्रम […]
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्चले उनलाई पटकपटक पक्राउ गरिएको घटना गैरकानुनी बताएको छ। ‘निवेदकलाई अदालतबाट पटक-पटक […]











