काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्। यस्तै […]
समाज
काठमाडौँ– १ मा सर्वदलीय बैठक सकियो, १० बजेदेखि मतगणना
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु हुनेछ । दुई–दुई घण्टामा मतपरिणाम अपडेट दिइने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । रातभर मतगणना हुनेछ भने शुक्रबार बिहानसम्म नतिजा आउने अपेक्षा गरिएको छ । यहाँ नेपाली कांग्रेसबाट प्रबल थापा,नेकपा एमालेबाट […]
देशभर करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको बताएको छ । बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए […]
हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने
काठमाडौँ । हिमाली जिल्लाका मतपेटिका संकलन गरेर भोलि मात्रै सकिने भएको छ। हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको हो। निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ। हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। […]
मतदानको निर्धारित समय सकियो, पाँच बजे अगावै लाइनमा बसिसकेका भोट हाल्न पाउने
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ । यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
झापा-५ मा दिउँसो साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत
काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ […]
एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् । प्रतिनिधिसभा चुनावमा झापा-५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।
भोट हालेपछि चितवनबाट हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
काठमाडौं । गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका हुन् । चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् । रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा […]
झापामा ल्यान्ड हुन नसकेपछि बालेन सवार हेलिकप्टर काठमाडौंमै फर्किएर अवतरण
काठमाडौं । रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ । हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो । खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको […]
मतदान गर्ने क्रममा विवाद भएपछि दोलखामा हवाई फायर
काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे । ‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ […]











