उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो, ४ मत खसेको मतपेटिकामा क्षति

काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो । इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो । गोली पड्किंदा […]

ब्यालेट बक्समा ढोगेर रवि लामिछानेले महाँकाल केन्द्रबाट गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै ब्यालेट बक्समा ढोगेर मतदान गरेका हुन् । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान […]

तीनकुनेस्थित अन्नपूर्ण स्कुल केन्द्रबाट बालेनले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्। बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्। यद्यपि उनी काठमाडौंका मतदाता हुन्।

चावहिल-साँखु सडकमा शंकास्पद वस्तु देखिएपछि सेनाको टोली पुग्यो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चावहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ । निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो । सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको छ […]

प्रतिनिधि सभा निर्वाचन : बिहान ७ बजेदेखि देशभर मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ ।’ मतदाताहरुले आज अपराह्न ५ […]

श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु

कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् । श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ […]

सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

काठमाडौं । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त […]

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको दिन भोलि फागुन २१ गते पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न सक्ने भएका छन्। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको […]

मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।  भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च […]

ललितपुरमा प्रहरीमाथि शृङ्खलाबद्ध आक्रमण : चाँगाथलीमा हवाई फायर, झम्सीखेलमा कुटपिट

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही […]