काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको […]
समाज
गोली चलाएर प्रहरीले काठमाडौंको मुलपानीबाट समात्यो १० लुटेरा
काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर […]
अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका छन् । […]
काठमाडौं उपत्यकासहित तराई मधेशमा हुस्सु-कुहिरो, हवाई उडान प्रभावित
काठमाडौं । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, वनेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् । जल तथा मौसम […]
सोमबार पानी पार्ने अर्को प्रणाली आउने मौसमविदको प्रक्षेपण, कस्तो छ आजको मौसम ?
काठमाडौँ । मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा भयो। बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन। अहिले बिहान कोशी, बागमती, […]
बाबुछोराको झगडा छुट्याउनेक्रममा छिमेकीको गयो ज्यान
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबुछोराबीचको झगडा छुट्याउने क्रममा एक जनाको ज्यान गएको छ। घेवारचौरस्थित ५२ वर्षिय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षका कुन्सा ग्याल्जेन शेर्पाबीच विवाद बढेपछि छुट्याउन गएका छिमेकी ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार बिरामी आमाको अवस्था बुझ्न पुगेका तामाङले सोही […]
ओलीलाई सत्ता होइन, वृद्धभत्ता
झापा। झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कटक्षपूर्ण टिप्पणी गरेका छन्। तामाङले ७४ वर्षीय ओलीले अब सत्ता मोह त्यागेर विश्राम लिनुपर्ने र ‘वृद्धभत्ता खाएर बस्नुपर्ने’ अभिव्यक्ति दिएका हुन्। चुनाव प्रचार अभियानका क्रममा झापा–५ अन्तर्गत गौरादह नगरपालिका पुगेका तामाङले जेन–जी […]
अस्पतालले भन्यो- रवि लामिछानेको भनेर सार्वजनिक भएको फोटो नक्कली
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगायतमा रास्वपा सभापति रवि लामिछाने अस्पतालमा रहेको देखिने फोटो छरपस्ट देखिन्छ। सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि यस्ता एआई प्रयोग गरी बनाइएका यस्ता फोटोहरू सामाजिक सञ्जालमा देखिएका छन्। तर त्रिवि शिक्षण अस्पतालले भने सामाजिक सञ्जालमा भेटिने फोटोहरू यस अस्पतालको नरहेको बताएको छ। सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको […]
हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र
रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत […]
महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त, अवस्था गम्भीर
काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा […]











