काठमाडौँ, १९ साउन । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४र७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५र७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् […]
समाज
पाल्पाका श्रमिक मजदुरलाई प्रोत्साहन रकम
बेझाड, १९ साउन । रामपुर नगरपालिका क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरुलाई काममा हौसला बढाउन प्रोत्साहन रकम प्रदान गरिएको छ । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले निर्माण क्षेत्रका अगुवा मजदुरलाई घर ढलानको सङ्ख्याको आधारमा प्रतिढलान रु दुईका दरले प्रोत्साहन प्रदान कार्य शुरु गरेको हो । समितिमा आबद्ध भएकामध्ये ५४ अगुवा मजदुरलाई प्रोत्साहन रकम प्रदान गरिएको समितिका अध्यक्ष […]
नहर बगाउँदा विद्युत् अवरुद्ध
मार्तडी, १९ साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए छ । उनले खोला एकतर्फी बगिरहेकाले आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताए […]
मेघगर्जन र चट्याङ्ग सहित केही ठाउँमा वर्षा हुने संभावना
काठमाडौं १९ सावन् । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको नेपाल तर्फ सर्दै गरेकाले मनसुनी गतिविधि सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू – भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशभर […]
बाढी पहिरोबाट बच्ने यस्ता छन उपाय
काठमाडौं । मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्याउने गर्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा घर पहिरोले […]
पर्यावरणमैत्री सन्तुलनमैत्री निर्माणमा जोड
जनकपुरधाम, १९ साउन । प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराए । कङ्क्रिट निर्माणकार्यले वातावरणीय समस्यामा वृद्धि भएको तर्फ […]
काठेपुल बगाउँदा स्थानीय समस्यामा
सुर्खेत, १९ साउन । तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ ।तिला नदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका स्थानीयवासी दीपेन्द्रराज हमालले राससलाई जानकारी दिए। झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार […]
ग्यारेजमा थन्किए घुम्ती शौचालय
बाँके, १९ साउन । नेपालगञ्ज उपमहानगरपालिकाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरुमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ । यसैलाई मध्यनजर गर्दै एशियाली विकास बैंक एडिबीको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले रु ५९ लाखमा खरीद गरेर ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् । करीब तीन महीना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा […]
सेल्फी खिच्ने हुँदा ब्रिजको नाम नै सेल्फीब्रिज
इनरुवा, १९ साउन । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको पुल सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् । रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य […]
जङ्गली जनावर धपाउन हानेको गोली लागेर एकको मृत्यु
डोटी, १९ साउन । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गए […]











